गुल्मीको कालीगण्डकी गाउँपालिकामा ४९‍‍‌.७ प्रतिशत मतदान,भगवती मतदान केन्द्रमा स्थगित – Sarangi News

पाेखरा ।  गुल्मीको कालीगण्डकी गाउँपालिकामा ४९‍‍‌.७ प्रतिशत मतदान भएकाे छ ।  १४ हजार ७ सय ८१ मतदाता भएकाे गापामा जम्मा ७ हजार ३ सय ५८ मत खसेको छ ।

गाउँपालिकाको वार्ड न १ हर्मिचौर मा.विमा ११ सय ९५, वार्ड न २ दभौखानी मा.वि केन्द्रमा  ५ सय २३,वार्ड न ३ जयखानी मा.वि केन्द्रमा– २ सय ५८ वार्ड न ३ देबिस्थान प्रा.वि केन्द्रमा – २ सय ४३, वार्ड न ४ जिवनोद्वार मा.वि केन्द्रमा ८ सय ७८ ,वार्ड न ५ जनकल्याण मा.वि केन्द्रमा– एक हजार ७८,वार्ड न ७ दुर्गाभवन मा.वि केन्द्रमा – १४ सय ५८ मत खसेको छ ।

वार्ड न २ भगवती मा.वि केन्द्रमा भने मतदान स्थगित भएको छ । मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित हाम्रा सहकर्मी पुरन राजकोटि मगरले जानकारी दिए ।

यस्तै वाड नं. ६ अन्तगर्तका देउराली मावि केन्द्रमा जम्मा मतदाता संख्या १८ सय ८१ रहेकामा ९ सय ५१ मत खसेको र तुङ टोलाकोट आविकेन्द्रमा जम्मा मतदाता संख्या १ हजार ४८ रहेकामा ७ सय ७४ मत खसेको देउराली माविका सहायक प्रधानध्यापक कविराज ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP