स्याङ्जामा मतगणना गर्न माग गर्दै धनराज धर्नामा,धाँधली गरेको एमालेकाे आरोप – Sarangi News

पाेखरा । स्याङ्जामा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरूङ धर्नामा बसेका छन्।

स्याङ्जा २ मा मंसिर ४ गते भएको चुनावको मतगणना सुरू भएको छैन। नेपाली कांग्रेसले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ।

एमालेबाट स्याङ्जा २ मा उम्मेदवार रहेकी पद्माकुमारी अर्यालले कांग्रेसले धाँधली गरेको सोमबार पत्रकार सम्मेलन गरेर दाबी गरेकी थिइन्। तर कांग्रेसले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले मतगणना गरिनुपर्ने माग गर्दै आज अपरान्ह धर्ना दिएका थिए। धर्नामा कांग्रेस उम्मेदवार गुरूङ पनि सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP