गाै बाेम बस्त माविमा नृत्य प्रतियाेगिता सम्पन्न – Sarangi News

पाेखरा । मा्लिका गाँउपालिका ५ मगरदाङ्ग स्थित श्री गाै बाेम बस्त माध्यमिक विद्यालयमा शुक्रबार  खुल्ला नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ ।

सामाजिक अध्ययन विषयकाे परियाेजना कार्य अन्तर्रगत कक्षा नाै का विद्यार्थीहरुले आयाेजना गरेकाे कार्यक्रममा कक्षा ७ कि कृषा फगामी प्रथम भइन् । निशा र अञ्जलीकाे समुह द्धितिय भए भने पेरीसाराना मगर तृतीय भइन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मदन रानाले विद्यार्थीकाे आन्तरिक प्रतिभा प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप निकै सहयाेगी हुने बताए । उनले यस्ता कार्यक्रमहरु निरन्तरता दिनुपर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक बुद्धि बहादुर रानाले अतिरिक्त क्रियाकलाप विना विद्यालय सर्वथा अधुरो र अपुरो नै रहने भएकाले विद्यालयले हरेक शुक्रबार कार्यक्रम गरिएकाे बताए ।

नृत्य प्रतियाेगिताकाे निर्णायकमा शिक्षकहरु सुनिता पाइजा कविता शर्मा र चाेम बहादुर घर्ती  रहेका थिए । विजेतालाई आइतबार विहान विहानी सभामा पुरस्कार वितरण गरिने छ ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक बुद्धि बहादुर रानाकाे अध्यक्षता र शिक्षक चेत बहादुर जिटिकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP