शुक्ला साहित्य सङ्गम, तनहुँको अध्यक्षमा टुकादेवी आचार्य – Sarangi News

तनहुँ । शुक्लागण्डकी नगरपालिका, दुलेगौँडा, तनहुँमा क्रियशील शुक्ला साहित्य सङ्गमको अध्यक्षमा टुकादेवी आचार्य सर्वसम्मत चयन भएकी छिन् ।

शनिबार सम्पन्न आठौँ अधिवेशनबाट चुनिएकी उनको बार्दली (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनी पञ्चमुनिदेव माध्यमिक विद्यालयकी अध्यापनरत छिन् ।

अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमाद्वयमा रामशरण गैरे र सरस्वती सिग्देल, सचिवमा जुना खड्का, उपसचिवमा सुरज लम्साल, कोषाध्यक्षमा पूर्णबहादुर आले तथा सदस्यहरूमा तीर्थ गैरे, युवराज पौडेल, जीवन सागर, विष्णु पराजुली अधिकारी, हरि महत, यामप्रसाद सापकोटा, काशीराम ढकाल, ध्रुव रामदाम र दुर्गाबहादुर नेपाली चयन भएका छन् । शिवदत्त ढकाल संयोजकत्वमा गठित हरिश्चन्द्र र पुरुषोत्तम भण्डारी सदस्य रहेको निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।

अधिवेशनका प्रमुख अतिथि लोकगायक प्रेमराजा महतले भाषा, कला, साहित्यको विकासमा सानो ठाउँको यो संस्थाले राष्ट्रिय स्तरका कार्य गरेको र आफ्नो तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP