मध्यनेपालमा एकीकृत घुम्ती सेवा शिविर – Sarangi News

प्रकाश खनाल

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविर जारी छ ।

शिविरको दोस्रो दिन आज वडा नम्बर २ मा सेवा प्रदान गरिएको छ । सो शिविरमा २ ‌ओटा योजना सम्झौता, सामाजिक सुरक्षा दर्ता २ वटा, व्यक्तिगत घटना दर्ता ५ वटा गरिएका छन् । यस्तै शिविरमा ६३ घरपरिवारलाई कृषि सेवा र औषधि वितरण गरिएको छ भने ९५ परिवारले पशुसेवा लिएका छन् । व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखीकरणसमेत गरिएको कार्यक्रममा ७८ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको नेतृत्वमा नगरभित्रका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने शिविर माघ ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP