ज्वालादेवी सहकारी संस्थाको चौधौँ साधारण सभा सम्पन्न – Sarangi News

सुरज गुरुङ
लमजुङ (भोर्लेटार) श्री ज्वालादेवी बचत तथा ऋण सहकारी संस्था मध्यनेपाल नगरपालिका ६ भोर्लेटारको चौधौ साधारण सभा हिजो पौष ३० गते सम्पन्न भएको छ। समाज सेवी तथा सेयर धनी हरी बहादुर थापाको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष राम कृष्ण कुँवरको अध्यक्षतामा सो कार्यक्रम ग्रीन भ्याली एकेडेमिको प्रांगणमा भएको थियो।

संस्थाका उपाध्यक्ष डम्मबर ध्वज दुराले स्वागत मन्तव राख्दै शेयर धनी बचत कर्ता र ऋणिहरु सबैको एकापस मेलमिलाप सद्भवले यो संस्थाले चौधौ बर्षसम्म सफलता हासिल गर्न सफल भएको कुरा जिकिर गर्नु भएको थियो र अध्यक्ष कुवंरले ७८/७९ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पेश गर्दै नाफा मुनाफा लाभांश सहित ऋणको बारेमा प्रष्ट परेका थिए । हाल असार मसान्तसम्मको सेयर पुजी सहितको कुल सम्पत्ती ६ करोड ९६ लाख ८५ हजार ७ सय पचहत्तर( ६,९६,८५,७७५/३५ ) रुपैया रहेको मध्ये यस संस्थाले सेयर लाभांश कोषबाट ५,४७,४३७ रुपैया १५ पैसा र संरक्षित पुंजी कोषबाट रु ३,६,१७२ रुपैया गरी कुलजम्मा ८,५३,६१० रुपैया कर्मचारी कोष सहितका अन्य कोष बाहेक बितरण गरिएको संस्थाका अध्यक्ष कुंवरले प्रतिवेदन सहित जानकारी गराउनु भएको थियो। अडिट रिपोर्ट सहितका प्रतिवेदन भने संस्थाको समितिका सदस्य बिन बहादुर कुंवरले पेश गरेका थिए भने कार्यक्रमको संचालन यसै संस्थाका सचिव भद्रबहादुर कुंवरले गर्नु भएको थियो।

संस्थाले साधारण सभाको अवसर पारेर असल ऋणी दैनिक तथा मासिक बचत कर्ता बाल बचत र जेष्ठ नागरिकहरुलाई सम्मान तथा पुरस्कार बितरण समेत गरेका थिए। असल ऋणिमा भावना थापा र निर्मला परियार असल मासिक बचत कर्ता राम कुमारी रानाभाट र चन्द्र कुमारी शाही, दैनीक बचत कर्तामा बिजय रेग्मी र सोविता खड्का असल बाल बचतमा सुगम गुरुङ र सुलोचना कुवंर र जेष्ठ नागरिक सिता भण्डारी र मख्खन सिंह दुराले पुरस्कार तथा सम्मन प्राप्त गरेका थिए।

देश भर सहकारिको अवस्था अत्यन्तै दयनिय तथा डुबेको अवस्थामा पनि यस ज्वालादेवी बचत तथा ऋण सहकारी संस्थाले अत्यन्तै प्रभावकारी ढंगले संचालन गर्दै संस्थाको पुंजी बढाउदै लाभांश बाड्दै सेयर धनी तथा बचत् कर्ता सहित सबैलाई फलदायी सेवा प्रदान गर्न सकेकोमा स्तरोन्नती गर्न सकेको र भबिश्य अत्यन्तै राम्रो देखिएकोले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना समेत प्रमुख अतिथी थापाले दिनु भएको थियो।
अन्त्यमा यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्नु हुने सबै सेयर धनी बचत कर्ता सांगितिक र सास्कृतिक कार्यक्रमका भाई बहिनिहरुलाई धन्यवाद व्यक्त गर्दै सेयर तथा बचतका निम्ती थप ब्यक्तिहरुलाई आव्हान गर्दै अध्यक्ष कुंवरले कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP