भाेर्लेटार खानेपानी मतदान सम्पन्न, मतगणना भोली – Sarangi News

सुरज गुरुङ 

लमजुङ (भोर्लेटार) भाेर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको‌ मतदान सम्पन्न भएको छ।

ईशानेस्वर माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान ८ बजेदेखि शुरु भएको मतदान बेलुकी ४ बजेसम्म भएको थियो। ८४० कुल उपभोक्ता रहेकोमा ६१० मत खसेको छ।
अध्यक्ष शिवलाल श्रेष्ठको प्यानलमा उपाध्यक्षमा ज्ञान बहादुर मल्ल महिला उपाध्यक्षमा यशोदा न्यौपाने, सचिव गेह बहादुर बिक, कोषाध्यक्ष रमेश घिमिरे, सदस्य विकासराज पौडेल महिला सदस्य गिता कुमारी गुरुङलगाएका छ्न । अध्यक्ष रामकृष्ण कुवंरको प्यानलमा उपाध्यक्ष नर बहादुर दुरा महिला उपाध्यक्ष पुर्णिमा देवी रानाभाट घर्ती सचिव सरोज पौडेल कोषाध्यक्ष कुम बहादुर गुरुङ धिंगल सदस्य बुद्दि बहादुर क्षेत्री र महिला सदस्य उमेदवारमा रुपा नेपालीको प्रतिष्पर्धा रहेको छ।

मतदान सौहार्दपूर्ण वातावरणमा र शान्तिपुर्ण ढंगले भएको थियो। निर्वाचन मण्डल र एजेन्टहरुको रहोवरमा मतपेटिका शिलबन्दि गरी ईप्रका भोर्लेटारका प्रमुख लक्ष्मण पचभैयाको नेत्तृत्वमा राखिएको छ ।  मतगणना भोलि बिहान ७ बजेदेखि बौद्ध सेवा समितिको हलमा हुने निर्वाचन अधिकृत ईशानेस्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण घिमिरेले सारंगी न्युजलाई जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP