धनमाया नेपाली र राजेन्द्र घर्तीको ‘कठै जिन्दगी’ रिलिज (भिडियो ) – Sarangi News

सरु गैरे ,

बागलुङ – मध्ये माघको जाडोमा आम मान्छेको वास्तविक कथा ‘कठै जिन्दगी’ सार्वजनिक भएको छ ।

समाजसेवी एवम् संगीतप्रेमी अनुरोध प्रताप सिंह ( अशोक जिविएस)को निर्माण तथा प्रस्तुतिमा लोकदोहोरी गायिका धनमाया नेपाली र राजेन्द्र घर्ती मगरको स्वर रहेको “कठै जिन्दगी” बो रिलिज गरिएको छ । गीतको भिडियोमा मोडलद्धय रीतु तामाङ र गोबिन्द बिबिशको अभिनय रहेको छ ।

गीतमा चर्चित लोकदोहोरी गायिका टीका सानुको शब्द, राजेन्द्र घर्तीको सङ्गीत रहेको छ । भिडियोमा मानव जीवन र जीवनमा घट्ने घटना , परिघटनाका साथै जीवन व्यतीत गरिरहँदा आईपर्ने वास्तविक कहानीलाई देखाइएको छ ।

एरेन्जर कृष्ण बि.क. र श्याम यात्रीको सम्पादन रहेको भिडियोको निर्देशन चेतन गोतामेले गरेका हुन् ।

’कठै जिन्दगी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP