पोखरा महानगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न – Sarangi News

कास्की । पोखरामा महानगरस्तरीय चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

महानगर बाल मञ्च, पोखराले पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वय एवं Right4Children को सहयोगमा ‘घरेलु हिंसाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर’ शीर्षक  दिएर  प्रतियोगिता सम्पन्न गरेको हो ।

पोखरा महानगरपालिका भित्रका विभिन्न ३२ वटा विद्यालयका विद्यार्थीहरुले रामबजार स्थित एस.ओ.एस हरमन माइनर माध्यमिक विद्यालयमा “घरेलु हिंसाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर भन्ने शीर्षकको सेरोफेरोमा रहेर भब्य चित्र कोरे ।

प्रतियोगितामा भानुभक्त मा.विका छात्र एन्द्रु तामाङले प्रथम, शैनिक आवसीय महाविद्यालयका छात्र सञ्जिव लामाले द्वितीय, नागेन आर्ट एकेडेमीकी छात्रा साया पराजुलीले तृतीय र प्रतिभा मा.विका छात्र आयन इकवालले सान्त्वना स्थान हासिल गर्न सफल भएको मन्चका अध्यक्ष निर्देश सुवेदीले  जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, बालकल्याण अधिकारी विष्णुमाया पौडेल, एस.ओ.एस बालग्राम गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यर एस.ओ.एसका प्राचार्य चुडामणी सुवेदीको उपस्थिति रहेको थियो। प्रतियोगितामा शरद भण्डारी , प्रदिप परियार र रिक बहादुर गुरुङले  निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 169 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP