कञ्चनजङ्घामा अङ्ग्रेजी हिज्जे – Sarangi News

पोखरा । पोखराको फूलबारीमा सञ्चालित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलमा मङ्गलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहेँलो सदनका जोस्ना गुरुङ, सुशील वि.क.,रुपेश यादव र रेक्सन गुरुङको समूह प्रथम र हरियो सदनका सम्रता गुरुङ, एरिका गुरुङ, सदिक्षा दाहाल र विराज गुरुङको समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा अङ्ग्रेजी विषय विभागीय प्रमुख अमृत जिसी र शिक्षिका खेमकुमारी थापा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक सुरेन्द्र सदिच्छा रहेका थिए ।

प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले यस्ता खालका कार्यक्रमले विद्यार्थीमा अङ्ग्रेजी भाषाको शुद्धीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP