नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई (सबै नामावली) – Sarangi News

पोखरा । नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा भूपाल राई चयन भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिष्ठानको उपकुलपतिमा कवि विमल निभालाई चयन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला ‘प्रचण्ड’ले प्रज्ञा-प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेका हुन् । त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठानका प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन,२०६४ को परिच्छेद ३ को दफा ८ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ११ बमोजिम गठन हुने पदाधिकारीहरूको नामावली ऐनको दफा ८ को उपदफा (२) अनुसार प्राज्ञहरू सिफारिस गरिएको बताइएको छ ।

मन्त्रालयले २४ जना प्राज्ञ-सभा सदस्यसमेत नियुक्त गरेको छ ।

सबै प्राज्ञहरूको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 170 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

  अषोज ९, २०८० मंगलबार 26 Views

सम्झना थापा मगरका रोज्जा मुक्तक

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP