माछापुच्छ्रे माध्यमिक विद्यालयमा गणित तथा विज्ञान प्रदर्शनी – Sarangi News

पोखरा । माछापुच्छ्रे माध्यमिक विद्यालय माछापुच्छ्रे गाउँपालिका – २, भुर्जुङखोलाले विद्यालयको ५५ औँ वाषिकोत्सव, अभिभावक दिवसको अवसरमा बुधबारदेखि २ दिने गणित तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

गणित र विज्ञान विषयलाई दैनिक जीवन र व्यावहारिक ज्ञानसँग जोडेर सहज सिकाइका लागि सम्बन्धित विषयका करिब १५० परियोजनाहरुमध्ये उत्कृष्ट ७५ लाई प्रदर्शनीमा राखिएको छ । उक्त प्रदर्शनी एक कार्यक्रमका बिच माछापुच्छे« गाउँपालिका, वडा नं. २ का वडाध्यक्ष गणेश आचार्यले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष आचार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे । मन्तव्यको क्रममा माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले गणित र विज्ञानका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने माछापुच्छे« माविका विद्यार्थी भाइबहिनीहरुको सिप र कलाको सिको अन्य विद्यालयले समेत गर्नु पर्नेमा जोड दिइन् । मर्दिखोला शैक्षिक प्रतिष्ठान, कास्कीबाट आर्थिक सहयोग प्राप्त उक्त प्रदर्शनीको उद्घाटन सत्रमा उक्त प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए  ।

विज्ञान प्रर्दशनीको पहिलो दिनमा १६ वटा छिमेकी विद्यालयका करिव २००० विद्यार्थीले अवलोकन गरेका थिए । माछापुच्छ्रे माविका शिक्षा प्रमुख निलराज अधिकारीले प्रदर्शनी फाल्गुन ११ गते पनि निरन्तर जारी रहने जानकारी दिएका छन् ।

साथै, वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले आजै अन्तर विद्यालय (१–५)  हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरेको छ । नौ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा माछापुच्छे« माध्यमिक विद्यालय,   सागर मेमोरियल बोडिङ्ग स्कुल र वाराही आधारभूत विद्यालयले क्रमशः प्रथम, द्वितीय र तृतिय स्थान हासिल गरे । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नेपाल प्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP