महिला फुटसल प्रतियोगितालाई ४५ हजार आर्थिक सहयोग – Sarangi News

प्रकाश अधिकारी

म्याग्दी । मालिका गाउँपालिका–५ देविस्थानमा महिला फुटसल प्रतियोगितालाई देश तथा विदोशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मगरदाङ्ग आमा समूहले आयोजना गरेको कार्यक्रममा अहिले सम्म पाैचालीस हजार सात रुपैया आर्थिक सहयोग प्राप्त भएको हो । देविस्थान ५ पन्थोक निवासी हाल युकेमा रहनुभएका कौ प्रसाद पुर्जा पुनले कार्यक्रमको सफलताको शुभकामना व्यतm गदै रु विस हजार दुई रुपैया, शिख म्याग्दी हाल कतारमा कार्यरत धन बुहादुर पुर्जा पुनले रु पाँच हजार, ओम महरले साउदीबाट पाँचहजार रुपैया सहयोग प्राप्त भएको समुहका सचिव सुनिता पुनले जानकारी दिनुभयो ।


त्यस्तै रुम्ना निवासी हाल काठमाण्डौका शिशिर विकबाट रु पाँच हजार, देविस्थान निवासी हाल पोर्चुगलबाट नरदेवि बुढा र वेलदेवी बुढाले रु तीन हजार रुपौया सौजन्य गरेको आयोजकले जनाएको छ । यस अघि पोखराका इन्जिनियर प्रतिक खड्काले महिलाहरुलाई प्रोत्सान होस् भनेर तृतीय पुरस्कार सौजन्य गर्नुभएको छ । महालक्ष्मी लाइफ इन्सुरेन्स म्याग्दीका कर्मचारीहरूबाट तीन हजार, भेषबहादुर घर्तीबाट पाँच हजार पाँच रूपाैया गरि जम्मा पाैचालीस हजार सात रुपैया आर्थिक सहयोग प्राप्त भएको हो ।

मगरदाङ्ग खेलमैदानमा हुने फुटसलको टिमदर्ता समय यहि फागुन २१ र २२ गते हुने समुहका सचिव सुनिता पुनले जानकारी दिनुभयो । २२ गते फागुपुर्णिमाको अवसरमा होलीमा रमाउँदै पहिलो चरणका खेल हुने र २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन सेमी तथा फाइनल खेल हुने छ । पुनले भन्नुभयो । खेलमा देविस्थानका करिब एकदर्जन महिला समुहले भाग लिने छन् । खेलमा कुनै पनि विभागीय टोली र क्लबबाट खेल नखेलेका विवाहित महिला भाग लिन पाउने उल्लेख गरिएको छ । टिमदर्ता शूल्क रु ६ सय तोकिएको सचिव पुनले जानकारी दिनुभयो । खेलको विजेताले रु ५ हजार र प्रमाणपत्र पाउने छन् । उपविजेताले ३ हजार, तृतीय हुनेले समुहले रु २ हजार र प्रमाणपत्र पाउने छन् ।
समुहले सहयोग सौजन्य गर्नुभएका सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गदै देश तथा विदेशमा रहनुभएका देविस्थान बासीलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न अपिल समेत गर्नुभयो । सहयोग गर्न चाहने महानुभावहरुले ९८६७८८६४८६ र ९८४०३३३२६० मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस सन् १९०९ सालमा अमेरिकाबाट राजनितिक तवरबाट शुरु भएको हो । हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरूमा केन्द्रि हुने गरेको छ । हरेक वर्षको मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP