रत्नमानले समेटे तीन भाषाको परिचय एउटै पुस्तकमा – Sarangi News

पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार सरुभक्तले लोकार्पण गरे ।

२००८ मा लमजुङको करापुमा जन्मेर पोखराको रामघाटस्थित टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रधानाध्यापक रहेका गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष हुन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उनलाई भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा उदाएको धारणा राखे । लामो समयदेखि सङ्गत गरे पनि गुरुङभित्रको सिर्जनात्मक क्षमता भने आफूलाई थाहा नभए स्मरण गर्दै उनले भाषा विज्ञान जस्तो गहन विषयमा रत्नमानले कृति प्रकाशन गर्नु आफ्ना लागि सुखद आश्चर्य भएको सुनाए ।

साहित्यकार हुनु र भाषाविद् हुनु फरक कुरा भएको उनको भनाइ थियो । हाम्रा मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगिरहेको अवस्थामा रत्नमानद्वारा लिखित यो पुस्तक आउनुले भाषा संरक्षणका लागि सत्प्रेरणा प्रदान गर्ने छ, सरुभक्तले भने, ‘भाषिक समुदाय वर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढेमा मातृभाषाहरूको संरक्षण गर्न सकिन्छ । एउटाको कार्यक्रममा अर्को समुदायलाई बोलाऊँ र एउटा समुदायको मानिस अर्को समुदायको कार्यक्रमा जाने गरौँ ।’ गुरुङ भाषाको संरक्षणका लागि रत्नमानको प्रयास स्तुत्य रहेको भन्दै उनले साहित्य र भाषाका अन्य पक्षमा पनि निरन्त लेखनमा लाग्न सुझाव दिए ।

कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्रा. डा. कुसुमाकर न्यौपानेले गुरुङ, नेपाली र अङ्ग्रजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत् चर्चा गरिएको र दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी जानकारी राखिएको उनले बताए । कृति गुरुङ समुदायले मात्र नभई सबै नेपाली भाषाप्रेमीहरूले गौरव गर्न लायक मानक बनेको डा. न्यौपानेको भनाइ थियो ।

लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तक भएको अनुभव सुनाए । विशेष गरी कोरोना कालमा गरिएको अध्ययनलाई समेटेर कृति लेखनमा लगेको बताउँदै उनले अहिले वाक्यविज्ञानका विषयमा पुस्तक लेखे पनि क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए । संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्ने आफ्नो मान्यता रहेको उनले बताए । गुरुङ मातृभाषासम्बन्धी चासो भएका तर ज्ञान नभएका नेपालभित्र र डायस्पोराका युवा पुस्ताले स्वाध्ययन र शोककार्यका लागि पनि आफ्नो पुस्तक उपयोगी हुने उनको तर्क थियो । अङ्ग्रेजी र नेपालीसहित गुरुङ भाषासम्बन्धी भाषावैज्ञानिक विषयवस्तु समेटिएकाले पनि कृतिप्रति साम्प्रदायिक आँखा मात्रै नलगाइदिन उनको आग्रह थियो ।

गीतकार तथा तुम धीँ युकेका सल्लाहकार एकेन्द्र गुरुङले गुरुङ समुदायका एक उदाहरणीय प्राज्ञिक व्यक्तित्वका रूपमा रत्नमान गुरुङलाई चिनाए ।

कृतिकी प्रकाशक भक्तिदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ, शिक्षाविद् जर्ज जोन, साहित्यकार रुपिन्द्र प्रभावी, तमु धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तुम पे ल्हु सङ्घका अध्यक्ष हितकाजी गुरुङ, अधिवक्ता जुनाकुमारी गुरुङ, बौद्ध अर्घौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङ, तमु छोँज धीँकी केन्द्रीय प्रतिनिधि विष्णु गुरुङ, गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमु, साहित्यकार रामचन्द्र घिमिरे ‘शास्त्री’, रोधीँ टेलिभिजनकी प्रबन्ध निर्देशक बालकाशी गुरुङलगायतले शुभकामना दिएका थिए ।

पोजोको तुम समाज र टप्स बोर्डिङ स्कुलका विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिसमेत राखिएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका सहायक प्रधानाध्यापक तथा कवि चित्रकुमार गुरुङले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 41 Views

खुसीः कविता

  अषोज १६, २०८० मंगलबार 168 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP