इसिडी र विद्यालय कर्मचारीको मागबारे ध्यानाकर्षण पत्र – Sarangi News

श्रीकृष्ण आचार्य

दमौली । नेपाल शिक्षक संघका व्यास नगर कार्यसमितिले इसिडी र विद्यालय कर्मचारीका  सम्बन्धमा शिक्षक संघका केन्द्रीय अध्यक्ष राजेन्द्र राज पौडेल समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् ।

लामो समयसम्म पनि विद्यालय कर्मचारी र इसिडी शिक्षकलाई न्यून तलबमा कार्य गर्न लगाइएको एवं पेशाको सुरक्षाको प्रत्याभूति नभएको भन्दै इसिडी शिक्षकहरु र विद्यालय कर्मचारीको समस्या बुझी सरकार समक्ष आफ्ना कुराहरु पुर्‍याइदिन ध्यानाकर्षण पत्र बुझाइएको व्यास नगर अध्यक्ष ईन्द्र प्रसाद पौडेलले जनाएका छन् ।

शिक्षक संघले देशभरका इसिडी र विद्यालय कर्मचारीको पक्षमा पैरबी गर्न सहज होस् भनी संघ मार्फत ध्यानाकर्षण पत्र बुझाइएको विद्यालय कर्मचारी संघ तनहुंका अध्यक्ष अमर सुनारले जनाएका छन् । सरकारले अझै पनि इसिडी र विद्यालय कर्मचारीलाई न्यूनतम ज्याला दिन सकिरहेको छैन । पालिका मार्फत १५ हजार पुर्याउने भनिएतापनि सबै पालिकाले उक्त रकम सम्बोधन गर्न नसकेको शिक्षक एवं कर्मचारीहरूको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP