कञ्चनजङ्घामा एस. ई. ई.का विद्यार्थीलाई बिदाइ – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एस्.ई.ई. समूहलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कक्षा नौका विद्यार्थीहरूले आयोजना गरेको  कार्यक्रम कक्षा नौकै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन् । आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि तथा विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीहरूलाई उच्चतम सफलताका लागि शुभकामना व्यक्त गरे । उनले हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन सुझावसमेत दिए । बिदाइ भएर जाने विद्यार्थीका तर्फबाट अश्विन गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय निर्देशक श्रीजङ गुरुङले भौतिक रूपमा टाढा भए पनि विद्यालयको आशीर्वाद सदा विद्यार्थीकै शिरमा रहने बताए । कार्यक्रममा कक्षा नौका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । विद्यालयको तर्फबाट बिदाइ भएर जाने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा दसका विद्यार्थीहरूले पनि विद्यालयलाई उपहार प्रदान गरेका थिए । छात्राहरू रिनाशा शर्मा, रोशनी गुरुङ र दिक्षिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP