मिसन ग्रास रूट : कास्की अन्नपूर्ण गाउँपालिका, वडा नं. ६  लुम्लेमा बैठक – Sarangi News

अन्नपूर्ण (कास्की) । ने क पा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार  कास्किको अन्नपूर्ण गाउँपालिका वडा न .६  लुम्लेमा  वडा कमिटिको बिस्तारित  बैठक सम्पन्न भएको छ ।

बैठकमा पार्टीका प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख  लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी  सचिबालय सदस्य दिपक पौडेल,   प्रदेश कमिटी सदस्य गौरी प्रसाद सुवेदी , पार्टी गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्साल , जिल्ला कमिटी  सदस्यद्वय  कृतिनाथ देबकोटा र  दामोदर शर्मा रिमाल , जिल्ला समन्वय समिती कास्किका सदस्य गणेश बहादुर जि .सि ., सो पार्टीका अन्नपूर्ण  गाउँपालिका कमिटी  अध्यक्ष बिबेक देबकोटा ,साबिक लुम्ले गा. बि. स .अध्यक्ष गोलमान गुरुङ ,वडा अध्यक्ष  एकदेब देबकोटा   लगायतले अभियानको बारेमा प्रकाश  पार्नुभएको थियो।

यसअघि  ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय  अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको  थियो । बैठकले टोल देखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको छ।

बैठक   एमाले गाउँपालिका वडा न. ६  कमिटी  अध्यक्ष बाबुराम देबकोटाको  अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत निलकण्ठ जैसिले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP