संस्थापक उपाध्यक्ष घायलसँग चपस कास्कीको साक्षत्कार – Sarangi News

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक उपाध्यक्ष नविन घायलसँग संघको वर्तमान कार्यसमितिले साक्षत्कार गरेको छ । पोखराको सभागृह स्थित सरुमा चुल्होमा आयोजना गरिएको साक्षत्कार कार्यक्रममा घायललाई सम्मान समेत गरिएको हो । चलचित्र पत्रकार संघ कास्कीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै संघले उनलाई दोसल्ला, प्रमाणपत्र र माला सहित सम्मान गरेको हो ।

सम्मानित हुँदै घायलले आफ्नो अनुभव साटेका छन् । उनले संघको स्थापनाकालमा आफुहरुले गरेका दुखलाई साटे । तत्कालिन समयमा पोखरामा हुने चलचित्र सम्बन्धि गतिविधिका विषयमा नछुटाई लेख्ने पत्रकारमध्ये पर्छन् घायल । सिनेमाका विषयमा लेख्दा लेख्दै अभिनयमा समेत उनको सक्रियता बढ्दै गयो । तत्कालिन समय बनेका नेपाली चलचित्रमा उनको भूमिका जोडिन्थ्यो । घायल हाल अष्ट्रेलियामा बस्दै आएका छन् । घरदेश छाडेर परदेश गएपछि पनि चलचित्र सम्बन्धि गतिविधिमा उनको सक्रियता पाइन्छ । अष्ट्रेलियामा समेत नेपाली चलचित्र विषयमा विविध कार्यक्रमको आयोजना गर्ने गरेका छन्।

चलचित्र पत्रकारिता र नेपाली चलचित्र क्षेत्रप्रतिको माया आफुलाई अझै पनि लाग्ने गरेको अभिव्यक्ति उनको छ । चपस कास्कीको संस्थापक उपाध्यक्ष भएर आफुले गरेका कामहरुले नै सफलता दिलाएको अनुभुति उनी सुनाउँछन् । चपस कास्कीले गर्ने हरेक कार्यक्रममा आफ्नो सहयोग रहने प्रतिबद्धता उनको छ।

संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ कास्कीको स्थापना कालमा नविन घायलको सक्रियताले आफुलाई सहयोग मिलेको बताए । संस्थापक पदाधिकारी र सदस्यहरुलाई चपस कास्कीको वर्तमान कार्यसमितिले गरेको सम्मान सह्रानिय भएको भनाई उनको छ । घायलको सफलतामा चपस कास्कीको भूमिका पनि महत्वपूर्ण भएको उल्लेख उनले गरे।

संघका निवर्तमान अध्यक्ष अरुण गिरीले संघका अग्रजसँग साक्षत्कार कार्यक्रम गरी चपस कास्कीले राम्रो कार्य गरेको बताए । यसले संस्थापक पदाधिकारी र सदस्यहरुलाई पनि संघ प्रति अपनत्व हुने विश्वास उनको छ।

संघका अध्यक्ष प्रभु अधिकारीले चपस कास्कीलाई आजको दिनसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्थापक उपाध्यक्ष नविन घायललाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । संस्थापक पदाधिकारी र सदस्यहरुको साथ मिल्नेमा उनी विश्वस्त छन्। आफ्नै परिवारका अग्रजसँग साक्षत्कार गर्ने कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने भनाई उनको छ।

कार्यक्रममा संस्थाका सल्लाहकार सुरेश रानाभाट, संस्थाका शुभचिन्तक सोभित बस्यालले नविन घायललाई सम्मान गरेर चपस कास्कीले संस्थाको मर्यादालाई माथि उठाएको बताए। चलचित्र पत्रकारितामा कलम चलाएर तत्कालिन समयमा चलचित्र सम्बन्धि गतिविधिलाई चलायमान बनाउन संस्थाका अध्यक्ष श्रीराम सिग्देल र उपाध्यक्ष नविन घायलको भूमिका उल्लेखनिय रहेको भनाई उनीहरुको छ।

अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP