गृहणी महिला हाजिरी जबाफमा कामना जागरण आमा समूह प्रथम – Sarangi News

पोखरा । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस पोखरामा भव्य रूपमा मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा लेखनाथमा र्‍यालीसहित गृहणी महिलाहरूबिच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो ।

पोखरा महानगर २७ तालचोकबाट र्‍यालीसहित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महिला पुरुषबिचको असमानता अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलालाई कुनै अधिकार नदिएको अवस्थामा महिलाहरुले अधिकार र समान ज्यालाका लागि गरेको आन्दोलनले विश्व ब्यापी रुप लिएर सफल भएको दिवसका रुपमा मनाउन थालिएको बताउनु भयो ।

महिला र पुरुषका वीचमा विभेद हुन नहुने बताउँदै एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै समानताका लागि साझा रुपमा अगाडि बढनुपर्नेमा जोड दिनुभयो । पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले अधिकार प्राप्तिका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्नुभयो । उहाँले महिला र पुरुषवीचको असमनतालाई अन्त्य गर्दै समतामुलक समाज निर्माणमा दिवसले भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ्ख, वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगिले महिलाहरुलाई विभेद नगरी समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच महानगर स्तरीय गृहणी हाजिरी जवाफ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ को कामना जागरण महिला समूह प्रथम, वडा नम्वर १५ को सृजना आमा मार्ग आमा समूह द्वितीय, पोखरा २ को जयमुल आमा समूह तृतीय र पोखरा २४ को कास्की कोट महिला सहकारी र यूनिटि महिला समूहले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामन ७२ समूह सहभागी भएका थिए ।यता ¥यालीमा सरस्वती आमा समूह पोखरा ३३ उत्कृष्ट हुदै १० हजार रुपैयाँ प्राप्त ग¥यो । कार्यक्रममा विजेतालाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष राधिका कुमारी शाही योगीले प्रमाणपत्र र नगद प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

जनयुद्ध : सत्र हजार पल्स दुई मात्रै हो त ?


TOP