एमालेको मिसन ग्रास रूट : माछापुच्छ्रे- ४ लाहाचोकमा बृहत्   कार्यकर्ता  प्रशिक्षण – Sarangi News

पोखरा । ने क पा एमाले माछापुच्छ्रे  गाउँपालिका वडा न ४  कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत सनिवार बृहत कार्यकर्ता  प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ ।

अभियानका केन्द्रिय प्रतिनिधि एबम पार्टीका  केन्द्रिय सदस्य   कल्पना चापागाई ,प्रदेश कमिटी अध्यक्ष नबराज शर्मा ,  लगाएतले प्रशिक्षण दिनु भएको कार्यक्रममा सो वडाका कार्यकर्ता र पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणलाई क्रमशः पालिकाका अन्य वडामा समेत प्रभाबकारी रूपले अगाडि बढाउने  कार्ययोजना तयार भएको एमाले  गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो ।

कार्यक्रम पार्टीका  वडाअध्यक्ष टेक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP