क्रियाशील पत्रकारका लागि भाषा सम्पादन तालिम सम्पन्न – Sarangi News

पोखरा । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो ।
तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र प्रशिक्षक विमल आचार्यले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।
पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित गर्ने भन्दै आगामी दिनमा पत्रकारले प्रयोग गर्ने भाषाहरु थप व्यावहारिक बन्ने विश्वास व्यक्त गरे । मेयर आचार्यले पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ लगायतले बोलेका थिए ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद तिमिल्सिनाले स्वागत, उपाध्यक्ष जमुना शर्मा वर्षाले धन्यवाद ज्ञापन र सहसचिव श्रीराम सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP