कास्कीका कार्यालयहरूको अर्धवार्षिक समीक्षा – Sarangi News

रामजीप्रसाद लम्साल

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ ,प्रदेश र स्थानीय तहबाट आर्थिक बर्ष २०७९/८० मा सम्पादित कार्यहरूको  अर्ध  बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार र सोमबार गरि दुई दिन सम्म चेलेको समिक्षा बैठकमा  कास्कीका विभिन्न कार्यालयमा   संचालित योजना तथा  बिकास निर्माणका कार्यहरूको समिक्षा गरिएको  थियो।

  कार्यक्रममा जिल्ला समन्वय समिति  कास्कीका प्रमुख लिलाधर पौडेलले तिनै तहका सरकारका कामहरूको सहजीकरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै तिनै तहका सरकार र निकायहरू समयमा काम सम्पन्न गर्ने गरि लागि पर्न आग्रह गर्नुभयो ।

पौडेलले निर्माणाधिन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको हुँदा गुणस्तरमा कुनै कमजोरी देखिन नहुने उल्लेख गर्दै यदि त्यस्तो पाइएमा कुनै सम्झौता नहुने प्रष्ट पार्नु भयो।

   उहाँले स्रोतको उचित प्रयोग , गुणस्तरमा प्रतिबद्धता र जनगुनासोको  सम्बोधनसहित समयमा बिकास निर्माणका काममा लाग्न सबै  स्थानिय तह र विभिन्न बिभागिय कार्यालयका प्रमुखहरूलाइ  निर्देशन  दिनुभयो।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका उप प्रमुख सरिता माल, कास्किका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सि . , स्थानीय पूर्बाधार बिकास  आयोजना कार्यालय पोखराका प्रमुख सह सचिब कुमार थापा , जिल्ला समन्वय अधिकारी नबराज बराल ,रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा , लगायतले  बिकासमा बिभागिय कार्यालयहरूको एकीकृत समन्वयमा जोड दिनु भएको थियो ।

कार्यक्रममा कास्कीका छनोट भएका  कुल २२ वटा कार्यालय मध्ये २० वटाले आ आफ्नो प्रस्तुति गरेका र  नेपाल विद्युत प्राधिकरण मालेपाटन र जलस्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय कास्की अनुपस्थित रहेको जि स स कास्किले उल्लेख गरेको छ। स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ९५ बमोजिम उक्त कार्यक्रम आयोजना गरिएको थियो। कास्किमाचालू आर्थिक बर्षको पहिलो छ महिनामा  पुजिगत खर्च तर्फ औषत १५ प्रतिसत मात्रै खर्च भएको पाइएकोले कार्यसम्पादन स्तर सुधार्न निर्देशन दिइएको जिल्ला समन्वय अधिकारी नबराज बरालले बताउनु भयो।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८१ शनिबार 4 Views

Online Spor Bahisleri Şirketi Empieza Casin

  जेठ ५, २०८१ शनिबार 5 Views

Aviator Oyna ᐈ Aviator Giriş, Aviator’ı Kayıt Olmadan Ücretsiz Oynayı

  जेठ ४, २०८१ शुक्रबार 4 Views

“22bet Magyarország Hivatalos 22bet Webolda

  जेठ ४, २०८१ शुक्रबार 5 Views

Mobil Versiyon Apk Ve Ios Için Mostbet Uygulamas

  जेठ ४, २०८१ शुक्रबार 5 Views

10 Лучших Онлайн Слотов ️ Лучшие Слоты【2024

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP