
बागलुङ । बरेङ गाउँपालिकाले पालिका भित्रका बालविकास केन्द्रहरुमा स्मार्ट टिभि जडान गरेको छ ।
बुधबार गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्रका १२ वटा बाल विकास केन्द्रहरुमा पुगेर स्मार्ट टिभि जडान गरेको हो ।
प्रविधिमैत्री शिक्षण सिकाई अवलम्वन गर्ने,प्रविधिको उच्चतम प्रयोग मार्फत व्यवहारिक सिकाई प्राप्त गर्ने , सिकाई र प्रविधि सगंसगैं विद्यालय शिक्षाको लागी क्षमतावान बालबालिका तयार गर्ने लक्ष्य सहित सो केन्द्रहरुमा स्मार्ट टिभि जडान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।



बरेङ गाउँपालिका भित्रका धुल्लुलिउँवा माध्यमिक विद्यालय,नेपाल कर्तव्य पालन प्राथमिक विद्यालय,मंगलमय नेपाल तारा प्राथमिक विद्यालय,हुग्दिशिर प्राथमिक विद्यालय,बराहकोट प्राथमिक विद्यालय,शारदा माध्यमिक विद्यालय बालविकास आधारभुत विद्यालय,ज्ञानोदय आधारभुत विद्यालय,धनज्योति प्राथमिक विद्यालय,जनकल्याण प्राथमिक विद्यालय, सल्यानसुखौरा माध्यमिक विद्यालय र शिवालय प्राथमिक विद्यालयमा स्मार्ट टिभि जडान गरी बालशिक्षकलाई प्राविधिक सहित अभिमुखिकरण समेत गरिएको शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो ।