बालबालिकाहरूबिच परामर्श कार्यशाला – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको समन्वय/ब्यबस्थापन र आस्मान नेपाल, ललितपुरको सहयोगमा श्रमिक बालबालिकाहरुको निम्ति परामर्श कार्यशाला सम्पन्न भएको छ । बालबालिकाले अनुभव गरेका बालबालिकाको श्रमका फाइदाहरु,चुनौतीहरु,जोखिमहरु र जटिलता लाई बुझ्न श्रमिक र गैर श्रमिक बालबालिकाहरुसंग परामर्श गर्ने उद्देश्यले कार्यशाला भएको थियो । कार्यक्रममा १८ जना फरकफरक काममा सम्लग्न बालबालिकाहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालामा बाल श्रम के ? किन ?, जिवनको एक दिन,शारीरिक नक्साङकन, बालबालिकाले गर्न सक्ने र नसक्ने कामको नक्सान्कन,बाल श्रम न्यूनीकरणमा सरोकारवालाको भुमिका,लगायतका बिसयमा सहजीकरण भएको थियो । बालबालिकाले रुचि अनुसार बाल श्रमको सम्बन्धमा उनीहरुलाई मन पर्ने र मन नपर्ने बिषयलाई चित्र मार्फत प्रस्तुति गरेका थिए । आफुलाइ खुशी लाग्ने र दुख लाग्ने क्षणको बारेमा पनि छलफल गरेका थिए। कार्यशालालाई आस्मान नेपालका गंगा सुबेदी र चिल्ड्रेन–नेपालका रमेश सुवेदी र सुनिता तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । कार्यशालामा चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्न बनेको ऐन र श्रम ऐनले तोकेभन्दा कम उमेरका बालबालिकाहरूलाई काममा लगाउनुलाई‘बालश्रम’मानेको छ यसको पुर्ण कार्यन्वयन हुन जरुरी छ । सो भएमा मात्र बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने भन्ने कुरा ब्यक्त गर्दै सबै सरोकारवालाले ध्यान दिनु पर्ने कुरा ब्यक्त गर्नु भएको थियो ।
बालबालिकाका लागी गुणस्तरीय शिक्षा सुनिश्चित गरी बालश्रम मुक्त तथा बालमैत्री समाजको निर्माण गर्ने उद्धेश्यलाई सहयोग पुर्याउनको लागी कार्यशाला भएको कुरा चिल्ड्रेन–नेपालका सह सयोजक रमेश सुवेदीले बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  अषोज १६, २०८० मंगलबार 41 Views

खुसीः कविता

  अषोज १६, २०८० मंगलबार 166 Views

जादुः बालकविता

  अषोज १३, २०८० शनिबार 70 Views

गजल सन्ध्याको २४३ औँ शृङ्खला

  अषोज १३, २०८० शनिबार 150 Views

लघुकथा वाचनको ५४ औँ शृङ्खला

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

भोर्लेटार एफ सीले तिज कप २०८० हात पार्न सफल।

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP