४० वटा गोहीको घेरामा हेरचाह गर्ने मानिस फसेपछि… – Sarangi News

कम्बोडिया : कम्बोडियामा गोहीको हेरचाह गर्ने व्यक्ति नै गोहीको घेरामा फसे । झण्डै ४० वटा गोहीले आँखा झिम्काउन नभ्याउँदै उनलाई हमला गरेर मारिदिए।

स्थानीय प्रहरीका अनुसार लुआन नाम गरेका ७२ वर्षीय मानिस अण्डामा बसेको गोही हटाउन लौरो लिएर गएका थिए। तर गोहीले त्यो लट्ठी आफ्नो मुखलेसमातेर आफ्नो घेराभित्रै उनलाई तान्यो। त्यही क्रममा करिब ४० गोहीले उनलाई आक्रमण गरे ।

घटना शुक्रबार सिम रीप सहरमा भएको हो । मारिएका व्यक्तिको शरीरभर टोकाइको निशान थियो । उनको एउटा हात पनि हराइरहेको छ । उनी गोही पालन किसान संघको अध्यक्ष पनि थिए ।

सन् २०१९ मा यही फार्ममा गोहीको आक्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । यो फार्म विश्व प्रसिद्ध अंकोरवाट मन्दिरको अगाडि छ।

दक्षिण एसियाली देशहरूमा गोहीको अण्डा, छाला र मासु प्रयोग गरिन्छ। बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP