कञ्चनजङ्घामा अङ्ग्रेजी हिज्जे – Sarangi News

सुरेन्द्र सदिच्छा

पोखरा। पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा बिहीबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निलो सदनका जोस्ना गुरुङ, कृतिम गुरुङ, यशोदा गेलाल र रिशिका गुरुङको समूह प्रथम र पहेँलो सदनका सम्रता गुरुङ, सुम्निमा तामाङ, सुजाता कोइराला र अनुष्का पौडेलको समूह द्वितीय भएका थिए । हिज्जे मास्टरमा अंग्रेजी विषय विभागीय प्रमुख अमृत जि.सी. र शिक्षिका खेमकुमारी थापा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक नवीन पौडेल थिए । प्रमुख अतिथि तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै यस शैक्षिक सत्रभरि नै विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरिँदै लैजाने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP