गङ्गा लिगलका तीन मुक्तक – Sarangi News

तीन मुक्तक

                                       – गङ्गा लिगल

अर्काको   घाउमा नुन चुक नछर ए मान्छे

दु: खीको  पाउमा  प्रहार  नगर ए मान्छे

सुख  र  दु:ख त   सबैलाई   हुने गर्छ नै

अरूको त्यो दु:खमा नपार जहर ए मान्छे

 

वसन्त आउदै  जाँदै  गर्छ जीवन जस्तै

समयको चक्र घुम्दै सर्छ जीवन जस्तै

जीवनको अपरिहार्यतालाई साथ दिन्छ

सबै बस्तु जाग्छ अनि मर्छ जीवन जस्तै

 

अनुशासन मान  हो मानव  जीवनको

यो  त ठुलो आन  हो मानव जीवनको

यस्लाई बहुमूल्य ठानी सँगाल्दै लगेमा

यो सौन्दर्यको शान हो मानव जीवनको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP