‘सम्बोधिका’ लिएर आए ईश्वरमणि – Sarangi News

पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’ बजारमा आएको छ । कृतिको प्रकाशक संस्था पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, दीपक समीप, सरस्वती प्रतीक्षालगायतले कृतिको लोकार्पण गरे ।

यसअघि सगरमाथा आरोही अरविन (जीवनी, २०५८), समयको तस्बिर (कविता सङ्ग्रह, २०६१) र हृदयको आलाप (गजल सङ्ग्रह, २०६६) प्रकाशन गरिसकेका अधिकारीको सम्बोधिका चौथो कृति हो । वि. सं. २०२६ मा लमजुङमा जन्मेका उनी चालिसको दशकदेखि पोखरा बस्दै आएका छन् । उनी पृथ्वीनारायण क्याम्पसका गणित विभागका प्रमुख हुन् ।

कार्यक्रममा साहित्यकार सरुभक्तले लेखकीय पहिचान लेखकको शैली र विचारले दिने भन्दै ईश्वरमणिलाई रुवाइ शैलीका राम्रा मुक्तक लेख्न सक्ने स्रष्टाका रूपमा आफूले चिनेको बताए । साहित्यकार तीर्थ श्रेष्ठले पोखराको मुक्‍तकिलो इतिहासको स्मरण गर्दै संरचनाको पछि दौडेर कहीँ नपुगिने बरु भावगत पक्षमा जोड दिन लेखकहरूसँग आग्रह गरे ।

कृतिकार अधिकारीले झण्डै तीन दशकमा लेखिएका मुक्तकहरूमध्ये छानिएका १११ मुक्तक कृतिमा समेटिएका जानकारी दिए । कृतिको समीक्षा सञ्जीव पौडेलले गरेका थिए ।

परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता अधिकारीले स्वागत तथा पूर्वअध्यक्ष जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका थिए । कार्यक्रममा रमेश श्रेष्ठ, हरिदेवी कोइराला, दीपक समीप, सरस्वती प्रतीक्षाले शुभकामना दिएका थिए । कृतिभित्रबाट मुक्तक मञ्चका पूर्वअध्यक्ष प्राञ्जलले मुक्तक वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चैतन्य अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP