गजल – Sarangi News

उहाँ खास हुनुहुन्छ त्यसकारण अविराम चल्नुपर्छ

होस् गर ! सवारी रोकियो भने सिंहदरबार जल्नुपर्छ

   नाथे ट्राफ्रिकलाई सिठ्ठी बजाउन मात्र सिकाइयो

   सा’बलाई प्रश्न सोध्नुअघि झुकेर गोडा मल्नुपर्छ

देश बदल्ने मान्छे उहाँ आफू बदलिन कसो मिल्ला

बदल्नै पर्ने भएदेखि बरु कानुन बदल्नुपर्छ

   गोल हानिरहने खेलाडी हो रेफ्रीले मान्नै पर्दथ्यो

   कि त गोल मानिनुपर्छ अब कि त पोल उखल्नुपर्छ

खोजेर त्यति सजिलै कहाँ पाइन्छ परिपक्वता

बच्चा हो नपिरल भने पनि त जरुर पिरल्नुपर्छ

*************************************
मध्यनेपाल न.पा.-६, भोर्लेटार, लमजुङ ।
सम्वत् २०८० भदौ १८
———————————————–
लेखकको फेसबुक एकाउन्ट हेर्न यहाँ थिच्नुहोस् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP