बुद्ध आविमा बालबिबाह विरुद्ध तीजगीत र विविध खेलकुद हुने, सहयोगको आह्वान – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ।

‘सामाजिक अपराध’का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम २ जना हुनुपर्ने नियम बनाइएकाे छ । प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । कार्यक्रमको मुख्य आकर्षक भने बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले आकर्षक नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ । देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयाेग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम

कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन

तिज फूटबल प्रतियोगिता भोर्लेटारमा ३२ टिम।

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

मुनु स्मृति तिज गीत प्रतियोगितामा अमाजु बुहारी समूह सिम्पानी प्रथम।

हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द।


TOP