सुनिता निरौला पौडेलको लघुकथाः तीजको कोसेली – Sarangi News
लघुकथा 
“हेर बुढी ! पोहोर सालमा पनि बहिनीलाई आउली भनेको आईन । यो सालमा त लिनै जानुपर्यो । बा आमा हुनुहुन्न, त्यसमाथि मैले लिन गइन भने उनलाई कति पिर पर्ला ।”  
“आ … बुढो किन जानुपर्यो लिन । गाउँमा कति काम होला भो पर्दैन ।” रोष प्रकट गरिन् उनले । 
“के भनेकी हौ तिमीले बूढी ? चाडबाड त चेलीको अधिकार हो ।  ल म लिन गएँ है  । ” 
“दाजु नमस्कार !, अनि भाउजू सन्चइ हुनुहुन्छ नि?” 
“सन्चै छ बा । तीज लागि सक्यो , म  तिमीलाई लिन आएको  । ल छिटो तयार हौ त ।” 
“ए! तर  दाजु घरका सबै काम असरल्ल छ। म हिँडे भने बिचल्लि हुन्छ ।” बहिनीले पन्छिन खोजिन् ।
“गरिबी  जीवन जिउँदै गरेकी बहिनीले  किन पन्छिन खोजेको” भन्ने कुरा ठम्याउन उसलाई गाह्रो भएन ।
  स्वाबलम्बी संस्कारकी,  पहिला पनि आर्थिक सहयोग गर्न खोज्दा पटक्कै मानिनन् । 
“के सोच्न थाल्नु भयो दाजु?”
“ए ! केही हैन । तिमीलाई एउटा कुरा दिनु थियो । बाआमाले मर्नु अगाडि तिम्रो नाममा अलिकति रकम मुद्द्तीमा राखिदिनु भएको रहेछ । भर्खरै मात्र थाहा पाएँ । “
“यो बाआमाको अन्तिम नासो लिन्न नभन ,अनि जसरी नि यो पटक माईतीमा तीज मनाउन आउ है !”
भक्तपुर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन।

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

शुभकामना ईशानेश्वर माविलाई ! (कविता)


TOP