सम्झना थापा मगरका रोज्जा मुक्तक – Sarangi News

मुक्तक १
सम्बन्धमा पानीको फोका नहोस्
कुण्ठमा गुनासोको पोका नहोस्
सँगै जीवन काट्न नपाए पनि प्रिय,
मेरो चोखो पिरतीमा धोका नहोस् |

मुक्तक २
जस्तो कानुन बनाए पनि चल्छ नेपालमा
सोझा साझालाई अति नै छल्छ नेपालमा
निमुखाहरू माथी अत्याचार हुन थाले पछि,
बेला बेला सडकतिर टायर बल्छ नेपालमा |

मुक्तक ३
मिल्छ भने पायक पर्ने ठाँउमा स्कुल बनाइदिनु
मिल्दैन भने तुइन हटाइ मजबुत पुल बनाइदिनु
ज्यान जोखिममा पारेर कहिले सम्म नदि तर्नु ?
ए सरकार ! यो समस्या चाँडो निर्मुल बनाइदिनु

मुक्तक ४
कन्जुस्याइँ गरेर अत्यधिक सम्पत्ति जमाए पनि
कहिल्यै पुग्दैन मान्छेलाई जति धन कमाए पनि
सार्थक जीवन जिउन मनै देखी सन्तुष्ट हुनुपर्छ,
नत्र अर्थहिन हुन्छ जीवन बाहिर जती रमाए पनि |

पु.ब.न .पा – १ प्रगतिनगर स्याङ्जा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP