खुसीः कविता – Sarangi News

खुसीः कविता

   – विवेक मिश्र

हावासरी आउँछ कहिल्यै पत्तै पाइँदैन
जब मनमा खुसी आउँछ अरु चाहिँदैन

स्वाद फेरि टर्रो, खल्लो निठुरी पिरको
जब आउँछ हर्ष अनि आनन्द खिरको

दुख, कष्ट, वेदनाको पोको सबै फाली
उमङ्ग र हर्षोलासको भई गए माली

खुसी पाउन मिहिनेत अनि कष्ट गर्नु
मनमा चिन्ता होइन बरु हर्ष लिई मर्नु

केहि क्षणमा आको खुसी केही छिनलाई
जसले पछि भावी कालमा दुःख दिनलाई

फक्रिएको, फूल खुसी, पिर चाहिँ काँडो
नडराऊ दुःखसित सुख आउँछ चाँडो ।
———————————

मध्यनेपाल न.पा.६, भोर्लेटार लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP