दसैँको प्रतीक्षाः बालकविता – Sarangi News

दसैँको प्रतीक्षा

    –  तेजप्रसाद खनाल, दाङ                  

औँला गनी बसेको छु दसैँ कहिले आउला भनी

यसपालि साथी-सँगीसँग नाचेर रम्नुछ मै पनि

बाबालाई दौरासुरुवाल किनीदिन भनेको छु

दसैँ कहिले आउला भन्दै औँला गनेको छु ।

 

सेलरोटी काठे पिङ झलझली

कतिराम्रो हुन्छ झिलीमिली बली

सराय नाच खेली रमाउँछु

मान्यजनको आशीर्वाद मैले कमाउँछु

 

हाम्रो महान् चाडपर्व हो बडा दसैँ

रमाउनु छ आउँछ दसैँ जसै।

रमाउनु छ वरपरका  सहेली

आपसमा  सराय नाच खेली

 

कुनै वर्ष दसैँ मनाउन नपाउँदा

लाग्ने गर्थ्यो मलाई त फिक्का फिक्का

यसपालि त दसैँ छेकथुन छैन हाम्रो

साथीभाइ रमाई खेल्दा हुने भो राम्रो ।

—————————————————————————

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 78 Views

लघुकथाको ५५ औँ शृङ्खला

  मंग्सिर ९, २०८० शनिबार 194 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ६, २०८० बुधबार 119 Views

बा आमाको माया (बालकविता)

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP