बालकविताः दसैँ आयो घुमेर – Sarangi News

दसैँ आयो घुमेर (बालकविता)

कल्पना अधिकारी भट्टराई

दसैँ आयो घुमेर

आँगनमा ल हेर

मखमली फुलेका

सयपत्री झुलेका

आकाशमा हटेर

कालो मैलो बादलु

खुसियाली छाएर

बज्न थाले मादलु ।

खाली मेरो गाउँमा

चहल्पहल् बढेछ

हेर डाँडा पाखामा

बेग्लै लाली चढेछ।

बाबा हाम्रा बाहिर

खानुहुन्छ जागिर

भोलि बाबा आउने रे !

नयाँ नाना लिएर

नयाँ नाना लगाई

चिची खाई रमाई

पिङ खेल्न जाने हो

बाको हात समाई ।

टीका थाप्दै हिँड्ने हो

निधारमा भरेर

खुत्रुकेमा राख्ने हो

पैसा जम्मा  गरेर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP