बालकविताः दसैँ हुन्छ रमाइलो – Sarangi News

दसैँ हुन्छ रमाइलो (बालकविता)

       – कृष्ण बाउसे

दसैँ हुन्छ रमाइलो

लिङ्गे पिङ खेल्नाले ।

दसैँ हुन्न रमाइलो

घुइँचोमा ठेल्नाले ।

दसैँ हुन्छ रमाइलो

रातो टिका थाप्नाले ।

दसैँ हुन्न रमाइलो

महँगीले चाप्नाले ।

दसैँ हुन्छ रमाइलो

रिसराग मर्नाले ।

दसैँ हुन्न रमाइलो

बढी खाने गर्नाले ।

दसैँ हुन्छ रमाइलो

भेटघाट हुनाले ।

दसैँ हुन्न रमाइलो

तासजुवा छुनाले ।

दसैँ हुन्छ रमाइलो

शरदमा पर्नाले ।

दसैँ हुन्न रमाइलो

देखासिखी गर्नाले ।

——————————————–

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP