बालकविताः शरद् ऋतु – Sarangi News

शरद् ऋतु  (बालकविता)                 

– नारायणप्रसाद न्यौपाने

हेर कस्तो शीतलता 

आयो शरद्‌मा ।

जताततै हरियाली

पाखा पखेरामा ।।

खेतभरि धानका बाला

झुलेका छन् धेर ।

आकाश पनि कति सफा

चन्द्रमालाई हेर ।।

जुनेलीको रात पनि

कति राम्रो हुन्छ ।

दसैँ चाड मान्नेको नै

धेरै हुल हुन्छ ।।

केटाकेटी रमाउँदै

चङ्गा उडाउँछन् ।

स्कुल विदा भएपछि

सबै रमाउँछन् ।

न त गर्मी न त जाडो

हुन्छ कस्तो राम्रो ।

सबैलाई प्यारो लाग्ने

शरद ऋतु हाम्रो ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP