गजलः बसुन्धरा चौहान ‘सुनिता’ – Sarangi News

गजल

   – बसुन्धरा चौहान ‘सुनिता’

पिएँ मात लाग्यो छ बानी अचम्म।

नशा लाग्न खोजेछ पानी अचम्म।

 

सुने हुन्छ हाम्रो कथा जिन्दगीमा,

म पोख्दैछु मेरो कहानी अचम्म।

 

धरा भित्र रम्दा छु बेग्लै खुसीमा,

म देख्दै छु मायाको खानी अचम्म।

 

निखारेर  कालो  हटाएर  जालो,

भलो गर्छु भन्छ खरानी अचम्म।

 

न केही भरोसा न केही छ अर्ती,

 भयो के गरी हेर  दानी अचम्म।


छन्दः भुजङ्गप्रयात/ मुतकारिब

मात्राः १२२  १२२  १२२   १२२

 गण सङ्केतः  ISS    ISS   ISS     ISS

————————————–

गौरादह नगरपालिका वार्ड.नं -२ झापा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP