तिहारः बालगीत – Sarangi News

बाल गीत : तिहार

                सरिता पराजुली

डाँडा पाखा घाम लाग्यो  भयो घमाइलो

तिहारको चाड आउँदा हुन्छ रमाइलो

 

दाजु भाइ दिदी बैनी आपसमा मिली

घर आँगन सफा गरी पारौँ झिलिमिली

सयपत्री मखमली फूल बागभरि

पुतलीले राज गर्छे आई घरिघरि ।

 

काग तिहार कुकुर तिहार सबै मनाउँछौँ

गाईलाई पूजा गरी आशीर्वाद लिन्छौँ

लक्ष्मीपूजा गर्छौँ बत्ती बाली झिलिमिली

रमाइलो गर्दै खेल्छौँ देउसी अनि भैली ।

 

सप्तरङ्गी टीका अनि माला लगाएर

टपरीमा सेल अर्सा चाङ लगाएर

काजु बदाम छोडा पनि साथै सजाएर

ल्याएकी छन् मेरी दिदी आफै बनाएर ।

—————————————-

चन्द्रागिरि-१५, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

नवराज विक हत्यामा संलग्न २३ जनालाई जन्मकैद, प्रेमिकालाई जेल सजाय


TOP