दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ? – Sarangi News
प्रकाश अधिकारी
उत्कृष्ट शिक्षक र उत्सुक सिकारु भए सामुदायिक स्कुल पनि अब्बल हुन सक्ने प्रमाण तमानखोलाको एक सामुदायिक स्कुलले दिएको छ । पश्चिम बागलुङको माथिल्लो भेग बोङ्गादोभान स्याउला स्थित बुद्ध आधारभूत विद्यालयले स्थापना कालदेखिने (कक्षा आठ सुरुभएको) उत्कृष्ट नतिजा सहित उत्कृष्ट विद्यालयको पुरस्कार पाएको छ । २०७८ सालमा पहिलो पटक  पालिका स्तरीय परीक्षामा सहभागी भएर एउटा संस्थागत सहित १० विद्यालयलाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको बुद्धले २०८० विएइ परीक्षामा उच्च सिकाउ उपल्बधी (५२ प्रतिशत) हासिँल गर्दै सर्वोउत्कृष्ट भएको छ । पालिका १० विद्यालयका २०८ विद्यार्थी मध्य बुद्ध आविकै मिलन रोकाले २३३.५ लिएर पालिका टप गरे । सर्वोउत्कृष्ट दोहोरो नजिता सहित जिल्लाकै दुर्गम ठाउँबाट बुद्धले ज्ञान र चेतनाको दियो बालेको छ ।
२०३९ सालमा स्थानीय बुद्धिजीवी तथा शिक्षाप्रेमीको पहलमा सोही वर्ष प्राथमिक विद्यालयका रुपमा स्थापना भएको थियो।  उत्कृष्ट शिक्षक, उत्सुक सिकारु र नवीनत्तम सिकाइका कारण विद्यालयले वर्षेनी उत्कृष्ट नजिता ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तिमगरले जनाए । चिन्तनशील विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक आफ्नो पेसाप्रति जिम्मेवार भए मात्र विद्यालय स्तरीय हुने उनको अनुभव छ।

२०८० सालको वार्षिक परीक्षामा शतप्रतिशत दिएको विद्यालयले वार्षिक क्यालेण्डर अनसार यहि चैत्र १५ एक भव्य कार्यक्रमको आयोजना गरि नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालयको अवस्था

बुद्धमा निमावि स्थायी दरबन्दीका शिक्षक छैनन् । कक्षा ८ सम्म सञ्चालित विद्यालयमा ११ जना शिक्षक कार्यरत छन् । विद्यालयमा प्रावि तहको ५ मात्र स्थायी दरबन्दी छ ।  गाउँपालिकाको अनुदानबाट निम्न माध्यमिक तहका कम्प्युटर, गणित, विज्ञान सहित ४ जना शिक्षकको व्यवस्थापन गरेको छ । विद्यालयमा बाल विकासदेखि कक्षा ८ सम्म २०९ विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा अहिलेसम्म तीनवटा पक्की भवन र एउटा कच्ची भवन भएपनि पर्याप्त कक्षाकोठाको अभाव छ । कम्प्युटर ल्याब, साइन्स ल्याब, म्याथ ल्याव र लाइब्रेरीको अभाव छ । गत वर्ष राष्ट्रपति शैक्षिक सुधार अन्र्तरगत आईसिटी ल्याब ल्याएको विद्यालयमा कक्षा कोठाकै अभावमा अस्तव्यस्त छ । यस्तो अस्तव्यस्त अवस्थाबाटै कसरी सर्वोउत्कृष्ट नतिजा आयो त ? प्रअ घर्तिमगर भन्छन्– ‘पर्याप्त शिक्षक तथा शैक्षिक सामग्रीको अभावका बाबजुद नवीनत्तम सिकाइमा केन्द्रित भएका छौँ,’ उनले भने, ‘नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिँदा हाम्रा विद्यार्थीले राम्रो नतिजा हासिल गरिरहेका छन ।’ शिक्षक र अभिभावकबीच सम्बन्ध प्रगाढ बनाउन मासिक रूपमा बैठक बस्ने गरिएको र बैठकको निर्णयअनुसार पठनपाठनलाई व्यवस्थित बनाउने गरिएको उनले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर विकका अनुसार आगामी शैक्षिक सत्रदेखि आइसिटी ल्याबलाई व्यवस्थित गर्दै शिक्षण सिकाइमा आइसिटीको प्रयोगलाई अनिवार्य गर्ने प्रयास भइरहेको छ । पालिका टपर विद्यार्थी रोकाले शिक्षकहरुको उत्प्रेरणा र आफ्नो निरन्तर साधनाले आफू सफल भएको बताए ।
शिक्षकको मिहिनेतका कारण छोटो समयमा शैक्षिक गुणस्तरमा धेरै परिवर्तन आएको अभिभावक तथा तमाखोला गाउँपालिका वडा न १ का वडा सदस्य टेकलाल विश्वकर्माले बताए । ‘पूर्वाधार र दक्ष जनशक्ति अभावका बीच पनि हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन्,’ उनले भने, ‘विद्यार्थीको सिकाइ दर पनि बर्सेनि बढिरहेको छ ।’
कसरी सम्भव भयो ?
शिक्षक सेवा आयोग पास गरेर शिक्षण पेशामा लाग्ने शिक्षकहरू, तालिम प्राप्त आइसिटीमा दक्ष व्यवस्थापनमा अब्बल भएको जनशक्ति बुद्धमा हुनु सफलताको पहिलो कडि हो । टिचर क्यान डु डिफरेन्स । शिक्षकले चाहेमा गर्न सक्छन् । शिक्षकले बनाउँछु भनेर लाग्यो भने विद्यालय सुध्रिन्छ । शिक्षकले दस चारकोे जागिरको रुपमा नसोचि हरसमय विद्यालय मेरो हो भनेर सोच्नु र  एक्लैले केही हुदैँन, टिमवर्कमा अघि बढ्न पर्दछ भन्ने मान्यता हुनु पनि सबैभन्दा बलियो आधार हो ।
पुरानो शैलीको शिक्षण विधि परिवर्तन गरि प्रविधिको प्रयोग गरेर प्रोजेक्टर, स्मार्टवोर्ड राखेर  विद्यार्थीलाई पढौं पढौं लाग्ने बनेको छ ।  शिक्षण पद्धती पुरै परिवर्तन गर्न जरुरी गरौँ । शिक्षकले दक्षता, सीप बढाँउ, शिक्षक अब भगवान् होइन् लर्नरका रुपमा हरेक दिन नयाँ सिकाइ गर्नुपर्छ भन्ने सोच्नु,
र, विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालनमा राजनीतिक खिचातानी नगरीकन स्वतन्त्र ढंगले अगाडि वढ्नु र विव्यस, प्रधानाध्यापक, पालिका स्तरीय शिक्षा शाखा कडा रूपमा प्रस्तुत हुनु पनि अर्को कारण हो ।
सक्षम नेतृत्व, उत्कृष्ट शिक्षक, उत्सुक सिकारु र नवीनत्तम प्रविधिमैत्री सिकाइले नै संस्कार युक्त गुणस्तरीय शिक्षाको आधार हो ।  हामी यसलाई आत्मसात गरौँ ।
 
अबको बाटो :  संस्कारयुक्त गुणस्तरीय शिक्षा
अहिले आर्टिफिसियल इन्टेलिजेन्सले अड्डा जमाएका सयम छ । एलेन मस्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण गरेरीरहेका अवस्थमा शिक्षकले एकोहोरो भाषण र प्रवचन दिने, विद्यार्थी घोकन्ते र कन्ठस्थ पार्ने शिक्षा प्रणालीको उपादेयता कति होला र ?
हरप्रयासले हामीले ग्रेडसिटमा उत्कृट नजिता लियौँ। अब हामीले शिक्षाको गुणस्तर सुधार्न गर्न ग्रेटसिटभन्दा माथि मानिसको सीप र व्यवहारसँग शिक्षालाई जोड्न आवश्यक छ । शिक्षालाई नीतिनियमले संरक्षण गर्ने, यथार्थपरक, विद्यार्थीमुखी बनाउन जरुरी छ ।   गुणस्तरमा सम्झौता नगरी उपयुक्त भौतिक पूर्वाधार तथा सिकाइ वातावरण र समुचित व्यवस्थापन, शिक्षामा पर्याप्त लगानी प्रगतिशील नीति, उपयुक्त सिकाइ सामग्री र नियमित अनुगमन गर्ने, शिक्षकलाई आवश्यक शैक्षिक तालिम र सुविधा प्रदान गर्ने र विद्यालयको भौतिक पूर्वाधारसम्पन्न हुनुपर्छ । एक असल र शिक्षित व्यक्तिले मात्र जीवनमा आइपर्ने जुनसुकै चुनौतीको डटेर सामना गर्ने सामथ्र्य राख्दछ  । अब विद्यालय विद्यार्थीलाई थुन्ने जेल होइन् । शिक्षा संस्कारयुक्त  आफ्नो देशको माटोलाई माया गर्ने प्रेरणा दिने, व्यावहारिक र सीपमूलक ज्ञान तथा शिक्षामा विश्वास गर्ने उत्कृष्ट शैक्षिक केन्द्र हुनुपर्छ ।  विद्यालयको शैक्षिक गुणस्तर सुधार शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छैन । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधिलगायत सबै सरोकारवालाहरुको साझा प्रयत्नबाट मात्र सम्भव छ । त्यसको पहल आजैबाट सुरु गरौँ ।
(लेखक तथा पत्रकार अधिकारी  साेही विद्यालयका सामाजिक शिक्षक समेत हुन्)
ईमेलः [email protected]
नतिजा प्रकाशन तथा पुरस्कार वितरण २०८० फाेटाे कथा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।


TOP