१९ वर्षसम्म २४ सै घण्टा निदाइरहेका व्यक्ति अचानक उठेर बोल्न थालेपछि… – Sarangi News

अमेरिकाको अर्कान्सासका टेरी वेन वालिस १९ वर्षसम्म सुत्ने व्यक्तिको रूपमा चिनिन्छन्। उनको २९ मार्च २०२२ मा ५७ वर्षको उमेरमा मृत्यु भयो। सन् १९८४ मा उनी सडक दुर्घटनाको सिकार भएका थिए । त्यसपछि उनी १९ वर्षसम्म कोमामा रहे । दुर्घटनापछि उनको शरीर पक्षाघात भएको थियो । त्यसपछि १९ वर्षपछि सन् २००३ मा उनले चमत्कारिक रूपमा बोल्न थाले ।

टेरी वेन वालिसको सेरसेइको एडभान्स्ड केयर अस्पतालमा मृत्यु भयो। उनको ५८ औं जन्मदिन भन्दा एक हप्ता अघि उनको मृत्यु भयो। उनको मृत्यु हुँदा उनको परिवारका सदस्य पनि उनीसँगै अस्पतालमा थिए ।

डेलीमेलको रिपोर्ट अनुसार छोरी जन्मेको ६ हप्तापछि सन् १९८४ मा वालिसको दुर्घटना भएको थियो । दुर्घटना स्टोन काउन्टीमा भएको थियो, जब उनी पिकअप ट्रक चलाउँदै थिए। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।

वालिसले दुर्घटना पछि कुनै प्रतिक्रिया दिन सक्षम थिएनन्। उनको ट्रक २५ फिट तल सुक्खा खोलामा फेला परेको थियो । उगको होस हराइसकेको थियो । दुर्घटनापछि उनी कोमाटोज क्वाड्रिप्लेजिक (घाँटी तलको सम्पूर्ण शरीरको पक्षाघात) बाट पीडित थिए। यो दुर्घटना भएको करिब एक वर्षपछि पनि उनको अवस्था स्थिर रहेको थियो । उनको अवस्था सधैं यस्तै रहने चिकित्सकको विश्वास थियो ।

तर उनको बारेमा गरिएका सबै भविष्यवाणीलाई गलत साबित गर्दै, एक चमत्कार भयो। उनी सन् २००३ मा निद्राबाट ब्युँझिए । वालिसले आफ्नी आमालाई आफुलाई मनपर्ने पेय दूध दिन आग्रह गरे। उनले आमा र दूध जस्ता शब्दहरू बोल्न थाले र पछि पूरा वाक्य पनि बोल्न थाले।

त्यसैबेला वालिसले आफ्नो शरीरको केही भाग चलाउन थाले । वालिसको परिवारले त्यो क्षणलाई चमत्कार भने। तर, उनको शरीर त्यतिबेला पनि पूर्ण रूपमा अशक्त रह्यो, किनभने दुर्घटनापछिको चोटको असर उनीमा परेको थियो ।

जब वालिस होशमा आए, तब उनले धेरै मिडिया कभरेज पाए। अखबार र मिडियाले उनलाई “१९ वर्षसम्म सुतेको मानिस” भनेर उल्लेख गरेका छन्। उनको मस्तिष्क पनि न्यूयोर्क शहरको वेल कर्नेल मेडिकल सेन्टरमा स्क्यान गरिएको थियो। त्यसपछि उनको दिमागले फेरि काम गर्न थालेको थ्योरी बाहिर आयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८० शनिबार 167 Views

बालकविताः हजुरबाको चस्मा

  मंग्सिर ५, २०८० मंगलबार 201 Views

चिसो यामः बालकविता

  कार्तिक २६, २०८० आइतबार 51 Views

विनसाममा गुञ्जिए समयका स्वरहरु

  कार्तिक २२, २०८० बुधबार 40 Views

गजलः बसुन्धरा चौहान ‘सुनिता’

  कार्तिक ५, २०८० आइतबार 41 Views

बालकविताः शरद् ऋतु

ताजा अपडेट
धेरै पढिएको

लमजुङका अमित रसाईली भ्वाईस अफ नेपालको ब्याटलमा।

पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप।

स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता।

मध्यनेपाल नगरपालिकामा यात्रु सहायता कक्ष संचालन।

बाल गजल : दसैँ

पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी


TOP