एकीकृत समाजवादीको चुनावी घोषणापत्रकाे मस्यौदा पारित ? – Sarangi News

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को सचिवालयको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मूल निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू र जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरू रहने जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, डा. गङ्गालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सज्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहनु भएको निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएकाे पार्टीले जनाएको छ।

बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गर्ने स्थानीय निर्वाचन घोषणा पत्र-२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित गरेको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोटका लागि मापदण्ड तय गरिएको पार्टीले जनाएको छ ।

साथै पार्टीले वैशाख ८ गतेभित्र स्थानीय तहका उम्मेद्वारहरुको नामावली टुङ्गो लगाउने भएको छ । आइतबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुङ्गो लगाउन समय तालिका निर्धारण गरेको हो ।

वडा अध्यक्षको उम्मेदवारको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने निर्णय गरिएको छ भने महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने विज्ञप्तिमा जनाइएको छ ।

आगामी स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय वडा कमिटीले चैत्र ३० गतेभित्र, पालिका कमिटीले वैशाख २ गतेभित्र, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म।

मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित,

गोर्खाकालिकाको भलिबलको उपाधि रूपाकोट मुस्लिम समाजलाई

पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने

ईप्रका भोर्लेटरले दुईपिप्लेमा स्वस्थ्य चेकजाँच प्रहरी साझेदारी कार्यक्रम सम्पन्न।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी


TOP