पहार ट्रसले गौ बोम बस्त माविमा ८ कोठे अत्याधुनिक भवन बनाउने – Sarangi News

प्रकाश अधिकारी ।
म्याग्दीको दुर्गम क्षेत्र देविस्थानको श्री गौ बोम बस्त माध्यमिक विद्यालयमा ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्ने भएको छ ।

शिक्षा, स्वास्थ्य,खानेपानी तथा सरसफाइको माध्यमबाट ग्रामिण समुदायको जीवन स्तर उकास्न महत्पुर्ण भूमिका खेलको पहार ट्रस नेपालले मालिका गाँउपालिका ५, मगरदाङ्गमा करिब एक करोड ७ लाखमा ८ कोठे अत्याधुनिक विद्यालय भवन निमार्ण गर्न लागेको हो ।

विद्यालयमा भूकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक ८ कोठे भवन बनाउने प्रक्रिया सुरु भएको छ । कुल लागतको पचास प्रतिशत ट्रसले अनुदान दिने छ भने स्थानिय पालिका र विद्यालयको पचास प्रतिशत लगानीमा उक्त विद्यालय भवन सम्पन्न हुने पहार ट्रसका प्रोजेक्ट म्यानेजर ईन्जिनियर टेकराज राना मगरले जानकारी दिए । ईन्जिनियर टेकराज राना मगरले भवन निमार्णको प्रक्रिया, सर्त र जिम्मेबारी बारे प्रस्ट पारे ।

विहिबार विद्यालयमो आयोजित एक वृहत् कार्यक्रमलाई सम्बोधन गर्दै पहार ट्रस नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्र बहादुर गुरुङले भने ‘भवन निमार्ण पछि विद्यार्थीहरूलाई सुरक्षित र बालमैत्री बातावरणमा गुणस्तरिय शिक्षा प्राप्त गर्न सहज हुने छ ।’ विद्यालयको प्रतिको समुदायको सक्रियता र चासो देखेर आफू निकै प्रभावीत भएको भन्दै गुरुङले थप प्रोजेक्ट बारे सोच्न सकिने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा पहार ट्रस नेपालका अध्यक्ष विजुली बहादुर गुरुङले गौ बोम बस्त माविलाई नमूना विद्यालयको रुपमा हेर्न चाहेको बताए । अध्यक्ष गुरुङले भने ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको प्रश्न बारम्बार उठ्ने गरेको छ । भौतिक संरचना सेवा सुविधा र शैक्षणिक अदुरदर्शिताले यो समस्या आएको हो । त्यस्तो नहोस भनेर हामी गौ बोम बस्तमा यो प्रोजेक्ट लिएर आएका छौँ ।’ गुरुङले आवस्यकताका आधारमा थप सहयोग गर्न सकिने बताए ।

पहार ट्रसलाई देविस्थानमा भित्रयाउन पुलको काम गरेका स्थानिय समाजसेवी तथा शिक्षा प्रेमी क्याप्टेन जीत बहादुर घर्तीले गाँउमै अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन निमार्ण गर्ने आफ्नो उद्देश्य पूरा हुन लागेकोमा खुसी व्यक्त गरे । उनले काम गदै जाँदा आउने बाधा अड्चन र दुःख बारे लामो अनुभव सुनाए ।
जाँदा आउने बाधा अड्चन आउछन् म तपाईँको साथमा छु कत्ति आत्तिनु पदैन् । स्थानियलाई ढाडस पनि दिए । स्थानीयले खुसीले ताली पिटे ।

पहार ट्रस नेपालको सहयोगमा गाँउपालिका र विद्यालयको त्रिपक्षीय सम्झौता पछि अंग्रेजी नयाँ वर्षको अवसरमा भवन शिलान्यास हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन रानाले जानकारी दिए । उनले दातृनिकाले स्वीकृत गरिसकाले अबको केही दिनमै पालिका र विद्यालय प्रशासन विच आर्थिक प्रतिज्ञापत्र तयार भएपछि त्रिपक्षीय सम्झौता भए लगतै औपचारिक रुपमा भवन शिलान्यास हुने बताए ।

कार्यक्रममा शिक्षक प्रकाश अधिकारीले पहार ट्रसलाई कृतज्ञता प्रकट गदै विद्यालय गतिविधि र आगामी योजना बारे प्रस्ट पारे । करिब तीन सय विद्यार्थी रहेको विद्यालयमा प्रावि र निमावि ३ ओटा राहतले मावि संचालन गरिएको छ । ट्रसले विद्यालयमा यस अघिनै पुस्तकालय निमार्ण गरिसको छ ।

कार्यक्रममा विद्यालयका पुर्व प्रअ तथा विव्यस अध्यक्ष तुल प्रसाद बुढाथोकीको मन्तब्य,पूर्व वडा सदस्य तथा विव्यस सदस्य राजमति बुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक चेत बहादुर जिटीले गरका थिए ।

ट्रसले देशका २३ जिल्लामा १६० भन्दा बढी विद्यालय भवन निमार्ण गरिसकेको छ । विद्यालय निर्माण परियोजनाका अतिरिक्त ट्रसले सामुदायिक स्वास्थ्य चौकी, पुस्तकालय, प्रारम्भिक शिक्षा केन्द्र, खानेपानी तथा सरसफाइ आयोजना, खेलकुद सुविधाको व्यवस्था, विद्यालय छात्रावास, विद्यालय विस्तार कार्य र मर्मतसम्भारलगायत अन्य विभिन्न परियोजनाहरू पनि सञ्चालन गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

शान्ति आविको वार्षिकोत्सव सम्पन्न

पोखरेली युवा सांस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दीपक समीपको नदीको राजमार्गको र्‍यान्डममा चर्चा

परिश्रमी प्रतिभा पुरस्कार स्याङ्जाकी गायत्री लम्साललाई


TOP