भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका भोर्लेटारमा एक दिने आँखा तथा दन्त स्वास्थ्य सिविर सम्पन्न भएको छ। ईशानेश्वर माबिको प्राङणमा भएको उक्त कार्यक्रमको मुख्य आयोजक जनकल्याण सहकारी बेशिसहर र जनकल्याण सहकारी रामबजार सेवा केन्द्र मध्यनेपाल ७ को थियो भने हिमालयन आँखा अस्पताल पोखरा, जिल्ला आँखा उपचार केन्द्र लमजुङ, ए बि सि डेन्टल होम लमजुङ्को रहेको थियो।

८५३ जनाले स्वास्थ्य चेक जाँच गरेका थिए। ७८० आँखा र ३८३ दाँत यी मध्यमा दुबै जाँच गर्ने १५० जना थिए। मध्यनेपाल नगरपालिकाका सबै वडाहरुको स्वास्थ्य चेकमा उपस्थिती भएका थिए जसमा आँखाको अपरेसनको लागि ५७ जना हिमालयन आँखा अस्पतालमा रेफर गरियो। २५ जना जटिल समस्या भएकाले १० दिन भित्र अस्पताल हाजिर हुन समेत जानाकारी गराईएको छ। आजको एक दिने सिविरमा स्वस्थ्य कर्मिले सेवा दिन हम्मे हम्मे परेको थियो। आयोजकले आनुमान गरेको भन्दा धेरै उपस्थिती हुनाले स्वास्थ्य चेकजाँच गर्न आउने हरुको गुनासो सुन्न परेको थियो।

जनकल्याण सहकारिका अध्यक्ष तारा राज घलेको अध्यक्षता भएको औपचारिक कार्यक्रमा मध्यनेपाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरि गरिएको थियो। विशेष अतिथिहरुमा ईशाने स्वर माबिका प्रधानाध्यापक रामकृष्ण घिमिरे, पुर्व गाविस अध्यक्ष मेघनाथ पौडेल, इलाका प्रहरी कार्यलयका प्रमुख ईन्स्पेक्टर राजाराम खडका लगायत विभिन्न बुद्दिजिविहरुको रहेको थियो। प्रमुख अतिथी पौडेलले जनकल्याण सहकारी र हिमालयन आँखा अस्पताललाई विशेष धन्यवाद दिदै बिगत र हालको प्रेक्षमा चेक जाँच गर्नेको संख्यामा बृद्दी भएको जसले गर्दा रोग निवारणमा यो एक दिने सिविरको महत्वपुर्ण भुमिका रहेको बताए। साथै आँखा चेक जाँचको सेवा हाम्रो भोर्लेटारमा पनि रहेको जसको सम्वन्वय हिमालयन आँखा अस्पताल पोखराले गरेको समेत बताए। त्यस्तै गरेर अध्यक्ष घलेले यस जनकल्याण सहकारिले दिएको एक दिने स्वास्थ्य सिविर सेवा सुबिधालाईभरपुर फाईदा उठाउन अनुरोध गर्दै आगामी दिनहरुमा पनि हामिले यस्ता कार्यक्रम ल्याउने बताउनु भएको थियो।

कार्यक्रमको संचालन सचिब क्या चित्र बहादुर गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत उपाध्यक्ष सुबेदार ठाकुर प्रसाद गुरुङले गर्नु भएको थियो

बिगत लामो समय देखि सेवारत जनकल्याण सकोसले यस्ता सिविर विभिन्न स्थानमा गर्दै आएको छ। यस पटक भने नयाँ बर्ष २०८१ को थालनी संगै मध्यनेपाल नगरपालिका भोर्लेटारमा भब्यताका साथ आज एक दिने स्वास्थ्य सिविर कार्यक्रम गरेर एक उदाहरण देखाएको छ जबकी देशका विभिन्न स्थानका सहकारीहरु घाटामा परि भागेका अनेक घटनाहरु सुन्न तथा देख्न पाई रहेका छौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP