बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै ! – Sarangi News

प्रकाश अधिकारी
बागलुङको दुर्गम क्षेत्र, माथिल्लो भेग तमानखोला-१, स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यालयमा पाहार ट्रस नेपालले स्थलगत अध्ययन गरेको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइको माध्यमबाट ग्रामिण समुदायको जीवन स्तर उकास्न महत्वपूर्ण भूमिका खेलको पाहार ट्रस नेपालमा विद्यालयले ८ कोठे अत्याधुनिक विद्यालय भवन निमार्णाथ प्रस्ताव पेस गरेको थियो ।


विद्यालयले भूकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक ८ कोठे भवन बनाउने प्रस्ताव पेस गरेपछि ट्रसको इन्जिनियरसहितको एक टोलिले सोमबार विद्यालयको निरीक्षण तथा स्थलगत अध्ययन गरेको हो ।

निरीक्षणपछि पहार ट्रसका प्रोजेक्ट म्यानेजर एवम् ईन्जिनियर टेकराज राना मगरले भौगोलिक विकटता भएपनि स्याउला गाउँ निकै सुन्दर रहेकोे बताउनु भयो । ईन्जिनियर मगरले विद्यालयमा ८ कोठे भवन आवस्यकता रहेको पुष्ठि गर्नुभयो । ईन्जिनियर मगरले भन्नु भयो,” तपाईंहरुलाई विद्यालय भवनको अति आवश्यक रहेछ । विद्यालयप्रति समुदायको सक्रियता र चासो देखेर खुसी लागेको छ । प्रोजेक्ट सफल बनाउन प्रारम्भिक कार्यहरु सुरु गरौं, बाकी भवन निमार्णको प्रक्रिया, सर्त र जिम्मेबारीबारे अर्को छलफल गरौंला । ”
ईन्जिनियर मगरको उक्त भनाइले उपस्थित अभिभावकहरु खुसीले ताली बजाए ।

सोमबार विद्यालयमा आयोजित एक वृहत् कार्यक्रमलाई सम्बोधन गर्दै पहार ट्रस नेपालका अध्यक्ष विजुली बहादुर गुरुङले विद्यार्थीहरूलाई सुरक्षित र बालमैत्री बातावरणमा गुणस्तरिय शिक्षा प्राप्त गर्न अत्याधुनिक भवन चाहिने कुरा कसैले नकार्न नसक्ने बताउनु भयो । अध्यक्ष गुरुङले बुद्ध आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर राम्रो भएपनि भौतिक संरचना सेवा सुविधाको अभावको कुरा निकै सुनेकाले के कस्तो रहेछ भनेर आफुहरु स्थलगत अध्ययनमा आएको बताउनुभयो । गुरुङले आवस्यकताका आधारमा प्रोजेक्ट गर्न सकिने बताउनुभयो ।

पाहार ट्रस नेपाल, स्थानीय सरकार र विद्यालयको समन्वयमा प्रोजेक्टको मोडेल तयार हुनेछ । इन्जिनियर मगरले दातृनिकाले स्वीकृत गरिसकेपछी स्थानीय पालिका र विद्यालय प्रशासनविच आर्थिक प्रतिज्ञापत्र तयार भएपछि त्रिपक्षीय सम्झौता भएमात्रै औपचारिक रुपमा प्रोजेक्ट सुरु हुने बताउनु भयो ।

विद्यालयमा अत्याधुनिक भवन बन्ने कुरामा आफु पूर्णरुपमा आशाबादी भएको जिसस सदस्य टेक बहादुर अर्गेजा मगरले बताउनु भयो । उहाँले आफ्नोतर्फबाट हदैसम्मको सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नद प्रसाद घर्ती मगरले पाहार ट्रसप्रति कृतज्ञता प्रकट गदै विद्यालय गतिविधि र आगामी योजना बारे प्रस्ट पार्नुभएको थियो । करिब दुई सय विद्यार्थी अध्ययनरत विद्यालयमा ११ जना शिक्षक कर्मचारी रहेका छन्। विद्यालयमा स्टिम ल्याब, कम्प्युटर ल्याब, लाइब्रेरी तथा क्यान्टिन र शौचालयको समेत अभाव रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य टेक बहादुर अर्गेजा मगर, जनप्रतिनिधि टेकलाल बिक ,विव्यस अध्यक्ष डिल बहादुर बिक, स्थानीय बुद्धिजीवी दल प्रसाद पुन लगायतका अभिभावकहरुले विद्यालयका शैक्षिक तथा भौतिक समस्याहरु सम्बोधन गरिदिन पाहार ट्रसलाई आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन शिक्षक प्रकाश अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय आमा समुहहरुले सांस्कृतिक प्रस्तुतिद्वारा स्वागत तथा अविर फूलमाला लगाएर बिदाई गरेका थिए । 

ट्रसले सातै प्रदेशका विभिन्न जिल्लामा करिब ३ सय बढी विद्यालय भवन निमार्ण गरिसकेको छ । विद्यालय निर्माण परियोजनाका अतिरिक्त ट्रसले सामुदायिक स्वास्थ्य चौकी, पुस्तकालय, प्रारम्भिक शिक्षा केन्द्र, खानेपानी तथा सरसफाइ आयोजना, खेलकुद सुविधाको व्यवस्था, विद्यालय छात्रावास, विद्यालय विस्तार कार्य र मर्मतसम्भारलगायत अन्य विभिन्न परियोजनाहरू पनि सञ्चालन गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दुर्गमको उत्कृष्ट विद्यालय : बुद्ध आवि, कसरी सम्भव भयो ?


TOP