रूपाको वडा नम्बर १ मा काङ्ग्रेस र २ मा एमालेको प्यानल विजयी – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिकाको २ ओटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका रामबहादुर गोदार अध्यक्षमा निर्वाचित भएका छन् । उनले ७७९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव खनालले ३६२ मत ल्याएका थिए । गोदारसँगै काङ्ग्रेसका रामबाबु खनाल, बुद्धिबहादुर गुरुङ, शान्ता पौडेल अधिकारी र सुस्मिता विक रहेको प्यानल नै विजयी भएको छ ।

यस्तै वडा नम्बर २ मा नेकपा (एमाले) का राजन सुवेदी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेद्वार विष्णुप्रसाद ओझालाई १६१ मतान्तरले पराजित गरेका हुन् । सुवेदीले ५२१ मत ल्याउँदा ओझाले ३६० मत प्राप्त गरेका थिए । सुवेदीसँगै रामबाबु सुवेदीले ४१४, हिताकुमारी रुपाखेतीले ४१४, अनिता रानाले ४२६ र रामचन्द्र ओझाले ४२८  मत ल्याएर एमाले प्यानल विजयी भएको छ ।

वडा नम्बर २ को मतगणना सकिँदा गाउँपालिका अध्यक्ष पदका लागि एमालेका नवराज ओझाले ४९७ र नेपाली काङ्ग्रेसकी गीमाया गुरुङले ३९६ मत प्राप्त गरेकी छिन् । यस्तै उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङले ४७१ र नेपाली काङ्ग्रेसका नारायणकुमार श्रेष्ठले ४०२ मत ल्याएका छन् ।

वडा नम्बर ३ को गणना कार्य अघि बढेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

सामाजिक बुुद्धिमत्ता : सम्बन्धको ‘मेटामफोर्सिस’


TOP