विनामारेमा भारी मतान्तरले गठबन्धनको प्यानलनै विजयी, एमाले ‘क्लिन स्विप’ – Sarangi News

बिनामारे । स्थानीय तह निर्वाचन २०७९ मा जैमिनी नगरपालिका -५,विनामारेमा नेकपा एमाले ‘क्लिन स्विप’ भएको छ । गठबन्धनको भारी मतान्तरले प्यानलनै विजयी भएको छ ।

वडाअध्यक्षमा नेपाली कांग्रेसका ठगबहादुर क्षेत्री थापाले भारी लोकप्रियका साथ विजयी भएका छ्न् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका कृष्ण बहादुर हमाललाई २ सय ६३ मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् ।
थापाले ६ सय ७८ मत प्राप्त गरेका थिए भने हमालले ४ सय १५ मत प्राप्त गरेका थिए ।
पन्चायतपछी राजमोले निरन्तररुपमा जित्दै आएकोमा पहिलोपटक विनामारेमा नेपाली कांग्रेसले अध्यक्ष पाएको हो ।

गठबन्धनका सबै सदस्यहरु लोकप्रियमतका साथ निर्वाचित भएका छ्न् । नेकपा माओबादीका तर्फबाट महिला सदस्यमा लक्ष्मी देवि चापागाईं शर्मा, खुल्ला सदस्यमा राष्ट्रिय जनमोर्चाका तर्फबाट विष्णु शर्मा, महिला गीताकुमारी विक र दलित महिला सदस्यमा नेपाली काग्रेसको तर्फबाट मिनु विश्वकर्मा लोकप्रिय मत ल्याएर विजयी भएका छ्न् ।
विनामारेमा १ हजार १ सय ४४ मत खसेको थियो ।

मेयर र उपमेयरलाई भारी मत

विनामारेबाट गठबन्धनको तर्फबाट मेयर पदका उमेदवार राष्ट्रिय जनमोर्चाका नर बहादुर पुनले अत्याधिक मत प्राप्त गरेका छ्न् । उनले ७ सय १ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानाले ३ सय २० मत प्राप्त गरेका छन् । विनामारेबाट हलो र करुवाले एक एक मत पाएका छ्न् ।

त्यस्तै उप-प्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले लोकप्रिय मत ल्याएका छन् । शर्माले ७ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी उषा पौडेलले ३ सय २६ मत प्राप्त गरेका छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

परिश्रमी प्रतिभा पुरस्कार स्याङ्जाकी गायत्री लम्साललाई

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न


TOP