निरिह स्थानिय सरकार : मध्यपहाडी लोकमार्ग अलपत्र – Sarangi News

सुरज गुरुङ।
लमजुङ(भोर्लेटार) मध्यनेपाल नगरपालिका भोर्लेटार स्थित मध्यपहाडी लोकमार्ग स्थानिय सरकारको निरिहताले गर्दा अलपत्र अवस्थामा छ।

अझैसम्म मिदिम पुल नजिकैको घुम्तिदेखी रानीपानिसम्मको ट्र्याक खुल्न सकेको छैन । निर्माण ब्यवसायी शंकरमाली कंस्ट्रक्सनले १९ डिसेम्बर २०२२मा लेखेको पत्रलाई ईन्जिनियर सचिन्द्र मिश्रले आबश्यक समन्वय गरिदिन भनी मध्यनेपाल नगरपालिकालाई २०७९ पौष १२ गते पत्र लेखिएको छ ।  वडा नं ६ र ७ लाई समेत् बोधार्थ गरेका छन। तर त्यो पत्र पत्रमा सिमित भएको छ खै समन्वय गरेका ? पत्रमा समयवधी भित्र समन्वय नभए छोड्नु पर्ने समेत भनिएको छ।

स्थानिय सरकार अर्थात मध्यनेपाल नगरपालिका मौन किन?

स्थानिय सरकार अर्थात मध्यनेपाल नगरपालिका किन यस बिषयमा मौन छ? कानमा तेल हालेर बसेका छन। के स्थानिय सरकारले समग्र मध्यनेपाल अर्थात भोर्लेटारको क्षेत्रमा मध्यपहाडी लोकमार्गले नछोईयोस भन्ने चाहेको या यस बारेमा कुनै चासो नदिएको हो त ? या स्थानिय सरकारको प्रमुखलाई मध्यपहाडीको बाटोले छुने घरजग्गा धनीहरुले दवावमा राखेका छन ? होइन भने मध्यपहाडीलाई डिपीआर भएको क्षेत्रमा काम गर्न सहज बातावरण गरिदिन पर्यो भनेर भन्दा समेत किन मौन र चुपचाप ?

स्थानिय सरकारको प्रमुख को ? नगर प्रमुख होइन ?

स्थानिय सरकार अर्थात मध्यनेपाल नगरपालिका यसको प्रमुख नगर प्रमुख मेयर हो। नगर प्रमुख ज्यु त्यो ट्र्याक कहिलेसम्म खुल्ने? मध्यपहाडीलाई त्यस बिवादित क्षेत्रमा काम गर्न सहज कहिले बनाउने हो ? डिपिआर भएको क्षेत्रमा घर जग्गा भएकाहरुले सोधी रहेको प्रश्न हो यो किनभने त्यहा त्यस क्षेत्रमा घरजग्गा निर्माणमा समस्या आएको हुनाले तर दुईचार जनाको अवरोधलाई समस्याको जडमा किन राखिएको छ ? पत्रमा वडा नम्बर ६ र ७ लाई बोधार्थ गरिएको छ। कि बोधार्थ गरेपछी वडा अध्यक्षले हेर्ने हुन ?

वडा अध्यक्ष बिष्णु भक्त पौडेल

वडाअध्यक्ष बिष्णु भक्त पौडेल ज्यु वडा नम्बर ७ मा धमाधम काम भई रहेको छ तपाईंले टुलुटुलु हेरिरहनु भएको या निदाउनु भएको? भन्ने प्रश्नको जवाफमा ‘म निदाएको छैन। यस बिषयमा छलफलमा जुट्न पर्यो भन्दा नगर प्रमुख ज्युले चासो दिनु हुँदैन तर पनि मैले मध्यपहाडिलाई काम गर्न समस्या परेमा प्रशासनिक सुरक्षाको व्यवस्था गर्नेछु भनेर चिठ्ठी समेत पठाएको छु’। पछिल्लो समय जिल्ला प्रशासन प्रमुख समेतका टोलिहरु सिडियो डिएस्पी लगयत आएका थिए अरे तर छलफल के के भयो कहाँ भेट भयो त्यस बिषयको बारेमा केही जानकारी नभएको वडाअध्यक्ष पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

पोखरेली युवा सांस्कृतिक परिवारलाई श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

दीपक समीपको नदीको राजमार्गको र्‍यान्डममा चर्चा


TOP