मादी मिदिम बचत तथा ऋण सहकारीको नवौँ साधारण सभासँगै निःशुल्क आँखा शिविर – Sarangi News

सुरज गुरुङ

लमजुङ (भोर्लेटार) । मादी मिदिम बचत तथा ऋण सहकारी संस्था मध्यनेपाल नगरपालिका ६ भोर्लेटारको नवौँ साधारण सभाको अवसरमा निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ ।

रामबजार दुईपिप्लेमा समेत शाखा भएको यस संस्थाको मध्यनेपाल नगरपालिकाका नगर उप प्रमुख  सीता गुरुङको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सो कार्यक्रम ईशानेश्वर माविको सभा हलमा भएको थियो ।

संस्थाका उपाध्यक्ष प्रतापशाली घिमिरेले स्वागत मन्तव्य राख्दै शेयर धनी बचतकर्ता र ऋणीहरू सबै एकापस मेलमिलाप सद्भावले यो संस्थाले नवौँ वर्षसम्म सफलता हासिल गर्न सफल भएको बताए । अध्यक्ष पौडेलले ७८/७९ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पेश गर्दै नाफा मुनाफा लाभांश सहित ऋणको बारेमा प्रष्ट परेका थिए । ३१२८ सेयर सदस्य रहेको यस सहकारिको हाल असार मसान्तसम्मको सेयर पुँजीसहितको कुल सम्पत्ति १० करोड ८८  लाख ८ सय पन्ध्र रुपैयाँ रहेको मध्ये यस संस्थाले सेयर पुँजी कोषबाट १ ,६०,४४,००० रुपैया  र अन्य बिभिन्न कोषहरूबाट मैज्दाता रु १,९४,६१,९९५/५ रुपैयाँ ऋण लगानी तथा अशुली रु १२,८८,०३,६७,१९२९० र तरलतामा रु १,२३,८७,९२९/३६ आम्दानी तर्फ रु १।९३,४८,६७५/५४ रुपैया, खर्च तर्फ रु १,२४,७४,०००/३६  रुपैया, गरी शुद्द बचत तथा नाफा ६८,७४,६७५/१८ रुपैया र सस्थाको स्थायी सम्पत्ती रु २,५८,८००/९७ रुपैया सहितको अध्यक्ष पौडेलले प्रतिवेदन सहित जानकारी गराउनु भएको थियो। अडिट रिपोर्ट सहितका पूर्ण प्रतिवेदन भने संस्थाको कोषाध्यक्ष जाकिर हुसेन मियाँले पेश गरेका थिए । लेखा समितिको प्रतिवेदन लेखा संयोजक लोकनाथ रिमालले पेश गर्नु भएको थियो भने कार्यक्रमको संचालन यसै संस्थाका सचिव बद्री पौडेलले गरेका थिए ।

संस्थाले साधारण सभाको अवसर पारेर असल ऋणी दैनिक तथा मासिक बचतकर्ता बाल बचतहरूलाई सम्मान तथा एस ई ई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सेयर धनीका बिद्यार्थीलाई पुरस्कार बितरण समेत गरेका थिए। दैनिक बचत् कर्तामा मध्यनेपाल ७ का सुरेन्द्रराज पौडेलले मध्यनेपाल ६ का धन सुब्बा गुरुङ र सबै भन्दा धेरै बचत् गर्ने बाचात कर्तामा प्रताप शाली घिमिरेलाई प्रशंसा पत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो भने एसईई परिक्षामा ३.८ जिपिए ल्याउने शेयर धनी राममणी भट्टराईका छोरा रवी भट्टराईलाई नगद रु २५००/ रुपैयाँसहित प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रमुख अतिथि उपमेयर गुरुङले देशको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको सहकारीले वर्तमान परिवेशमा देशमा दयनीय अवस्थामा गुज्रेको भए पनि यस सहकारीले दिगो र दरिलो रुपमा काम गरिएको प्रतिवेदन र शेयर धनी तथा बचतकर्ताहरूको भनाइबाट थाहा पाएको बताइन् ।

सोही अवसरमा निशुल्क आँखा शिविर समेत सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भोर्लेटार उपशाखा र मादी मिदिम बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा हिमालय आँखा अस्पातलको प्राविधिक सहयोग र मध्यनेपाल नगरपालिकाको सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा महिला पुरुष तथा बालबालिका सहित गरी ४८८ जनाको परीक्षण गरिएकोमा २५ जनाको आँखाको अपरेशनका लागि हिमालय आँखा अस्पातल लगिने रेडक्रस सोसाइटीका सभापति बद्री पौडेलले साराङ्गी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रूपामा सुवेदी

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

शिक्षक : गड पाटिक्ल्स वा पथप्रदर्शक ?

परिश्रमी प्रतिभा पुरस्कार स्याङ्जाकी गायत्री लम्साललाई

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न


TOP