Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
धर्म र कर्म (लघुकथा) – Sarangi News

लघुकथा: धर्म र कर्म

          –गङ्गा खड्का

शान्ता विद्यालयबाट हतारहतार घरतर्फ पाइला सार्दै थिइन् । उनको जम्काभेट गाउँका दुई चारजनासँग भयो ।

” दिदी ! टाढै गएर आउनुभयो ?”

उनले यतिमात्र के सोधेकी थिइन् । एउटीले नालीबेली लाउँदै भनिन् ,” पशुपति गएर आएको नि बहिनी । आज ५० वर्षपछि विशेष संयोग परेको रे । यति भीड थियोे कि खुट्टा टेक्ने ठाउँ थिएन । “

अर्कीले बीचमै कुरा काट्दै भनिन् ,” ” कति त घुम्न पनि नपाएर फर्केर गए । हामीलाई त शिवजीले रुचाएर हो कि एकैछिनमा ठूलो पानी पर्‍यो । मान्छेहरु ओतको लागि छरीबरी भए , त्यही मौकामा हामीले त मज्जाले दर्शन गर्न पायौँ ।”

शान्ताले जसलाई प्रश्न गरेकी थिइन् , बल्ल उनको बोल्ने पालो आयो । उनले पनि माया गरेजस्तो गरेर हेपेर बोल्न छाडिनन्  ,” अनि तिमी चाहिँ एकदिन नि स्कुल छोड्न हुन्न जसरी के स्कुल गएकी त ? यसो कहिलेकाहिँ धर्मकर्म नि गर्नुपर्छ क्या।”

” मैले त झन् धर्म र  कर्म दुबै गर्न भ्याएँ । जहाँको भगवान् नि एउटै त हुन् नि । नजिकैको शिवालयमा पूजा गरेँ । मनमनै सबै ठाउँको भगवानलाई सम्झिएँ । हजुरहरुले जस्तो अरूको आँखा छलेर दर्शन नि गर्नुपरेन, विद्यालयमा गएर आफ्नो कर्म गर्न नि पाएँ ।

*********************************

बूढानीलकण्ठ , काठमाडौँ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP